वनमन्त्री एवं कांग्रेस नेता महेश आचार्य १६ बुँदे सहमति गराउन खट्ने एकजना मुख्य नेता हुन्। त्यसका लागि उनले घन्टौंसम्म प्रधानमन्त्री सुशील कोइरालासँगै काम गरे। विभिन्न दलका नेतासँग वार्तामा बसे। र १६ बुँदे साकार पारे। 'यो राष्ट्रको जित हो', उनले टिप्पणी गरे।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखसहित १० जनालाई धम्की दिएको आरोपमा प्रकाश पाठक फिलिपिन्समा पक्राउ परेका छन्। उनलाई पक्राउ गर्न नेपाल प्रहरीको विशेष टोली फिलिपिन्स पुगेको छ।