प्रधानमन्त्री कार्यालय तथा सर्वोच्च अदालत कार्यालयलाई भूकम्पले नराम्रो क्षति पुगेको छ। सिंहदरबारभित्रका मन्त्रालयहरु समेत पालमुनिबाट चलिरहेका छन्। भूकम्पको धक्काले पालमुनि पुगेका यी शक्तिशाली निकायहरु कसरी चलिरहेका छन् ? हेर्नोस् नागरिक शो
खुम्बुको ठाडो उकालो बाटो, त्यसमाथि पिठ्युँमा सय किलोको काठ। पसिनाले निथ्रुक्क भिजेको शरीर। आकाश कुलुङको दैनिकी यसरी नै बित्ने गरेको छ। बिहान सूर्योदयसँगै सुरु हुने यात्रामा उनी पिठ्युँमा सय किलो बढीको भारी बोकेर सुर्केबाट लुक्लातर्फ करिब पाँच घण्टाको कठिन उकालो पार गर्छन्।