७ वैशाख २०८१ शुक्रबार
भिडियो

महिलाका कारण मात्रै हुँदैन निःसन्तानको समस्याः डा.सुमि

कुनै दम्पतीले सन्तानकाे चाहना हुँदाहुँदै पनि बच्चा जन्माउन सकेनन् भने त्यसलाई निःसन्तान अर्थात् (बाँझोपन) भनिन्छ। सन्तान जन्मिएन भने परिवार तथा समुदायले महिलाकै स्वास्थ्यमा समस्या भएको आशङ्का बढी गर्छ। यद्यपि निःसन्तान महिला पक्षबाट मात्रै नभएर पुरुषको करणबाट पनि हुनसक्ने स्त्रीरोग विषेशज्ञहरू बताउँछन्।

निःसन्ताको समस्यामा महिलालाई मात्रै दोषी करार गर्नु गलत मानसिकता भएको वात्सल्य नेचुरल आइभिएफ सेन्टरकी स्त्री रोग विशेषज्ञ तथा आइभिएफ विशेषज्ञ डा. सुमि मुनंकर्मी बताउँन्छिन्। शिक्षित परिवार वा शिक्षित दम्पतीमा समेत यो मानसिकता रहेको उनको अनुभव छ।  

‘सन्तान जन्मिएन भने परिवार तथा समुदायले महिलाकै स्वास्थ्यमा समस्या भएको आशङ्का बढी गर्छ। यद्यपि निःसन्तान महिला पक्षबाट मात्रै नभएर पुरुषको कारणबाट पनि हुन सक्छ’, उनले सुनाइन्।

सामाजिक तथा मानसिक तनाबकै कारण समस्या थप जटिल बन्ने गरेको डा. सुमिको भनाइ छ। उनी थन्छिन्, ‘यसमा एक अर्काको सहयोग चाहिन्छ। सामाजिक रुपमा महिलालाई मात्रै दोषी देखाइन्छ। यसमा पारिवारिक सँगै सामाजिक सहयोग भए उपचार गर्न सजिलो हुन्छ। तनावकै कारण पनि आइभिएफ खेर जाने भइरहेको छ।’  

विशेषज्ञ सेवा नलिई श्रीमान् वा श्रीमतीमध्ये कसमा स्वास्थ्य समस्या छ भनेर पत्ता लगाउन असम्भव हुन्छ। परिवार र समुदायमा किन सन्तान जन्मिएन भनेर विशेषज्ञबाट स्वास्थ्य परीक्षण नगरी अन्धविश्वासमा परेर घरेलु उपचार गरेको पाइन्छ। निःसन्तान दम्पतीले विशेषज्ञ सेवा लिएर यस्तो समस्याको समयमै पहिचान गरी उपचार गरे सन्तान जन्माउन सक्ने डा. सुमिको बताउँछिन्।

विश्वमा सन्तान प्राप्तिका लागि विभिन्न विधि अपनाइएको छ। नेपालमा पनि सन्तान प्राप्तिका लागि आइभिएफ (इन भिट्रो फर्टिलाइजेसन) अर्थात् टेस्ट ट्युब बेबी अवधारणाको विकास भइसकेको छ। आजभोलि सन्तान नहुने दम्पतीहरू आइभिएफ सेवाका लागि विभिन्न अस्पताल तथा आइभिएफ सेन्टर जाने गरेको पाइन्छ। धेरैलाई आइभिएफबारे जानकारी नहुन सक्छ। सन्तान नभएकै कारण परिवार अनि समाजमा अनेकन समस्या झेल्दै बस्नुपरेको छ।

यो पद्धतिको उपयोगिता र नेपालमा आइभिएफ तथा नेचुरल फर्टिलिटी सेवाबारे सबै परिवार तथा दम्पतीहरूले बुझ्न आवश्यक छ।

प्रकाशित: २५ आश्विन २०७८ ०७:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App