२७ मंसिर २०८१ बिहीबार
image/svg+xml
भिडियो

राता मकैसँग निषेधाज्ञा संवाद : नातिनीसँग टिकटक बनाएर समय कटाउँदै छु

किरण केसी वरिष्ठ हास्यकलाकार हुन्। उनी टेलिचलचित्र ‘जिरे खुर्सानी’ को राता मकैका पात्रबाट दर्शकमाझ लोकप्रिय छन्। पछिल्लो सयम अभिनय मात्रै नभएर चलचित्र निर्माण पनि सक्रिय छन्,उनी। सधैं काममा व्यस्त रहने केसी  कोरोना नियन्त्रण लागि जारी निषेधाज्ञाले घरभित्र थुनिएर बसेका छन्। टेलिभिजन हेर्ने, घरभित्रै एक्सरसाइज गर्ने र टिकट बनाउने उनको अहिले दिनचर्या भएको छ। दैनिक एक्सन कटमा व्यस्त रहने र देशविदेशका कार्यक्रममा यात्रा गरिरहने केसी निषेधाज्ञामा घररपरिवारसँग रमाएर बसेको बताउँछन्। उनी भन्छन्, ‘घरभित्रै धैर्यसाथ बस्नु नै कोरोना भाइरसको औषधि हो। घरभित्रै आफ्नो परिवारसँग बसेर समय बिताउनु उपयुक्त छ। त्यो नै हो निको हुने औषधि हो, कोरोना संक्रमण भइहाल्यो भने अस्पतालमा अस्सिजन छैन। त्यसैले आफूले आफैंलाई सुरक्षित राख्ने समय हो।’ प्रस्तुत छ उनीसँगको निषेधाज्ञा संवाद :  

तपाईंको दिनचर्या कसरी बितिरहेको छ ?  

निषेधाज्ञापछि घरबाहिर निस्किएको छैन। नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड मैले पूर्ण रूपमा पालना गरिरहेको छु। बिहान सबेरै उठ्छु। नृत्य कर्म गर्छु। एक घण्टा घर नजिकै टहल्छु। त्यसपछि पूजापाठ गर्छु। पूजापाठ सकेपछि परिवारसँगै बसेर योगा गर्छु। यी सबै कार्य सकेर दालचिनी र मेथीको धुलोसँगै पानी पिउँछु। त्यसपछि बट्टाई कुखुराको अण्डा, बिस्कुट, कफी र पाँच दाना बदाम खान्छु। यो मेरो बिहानको खाजा। केही समय सामाजिक सञ्जालमा र समाचार पढ्छु।  साथीहरूलाई फोन पनि गर्छु। त्यसपछि गीतहरू सुन्छु। खाना खाएपछि घाम लाग्यो भने टिकटक बनाउँछु, सिनेमाहरू हेर्छु। दिउँसोको खाजा खाएपछि परिवारसँगै रमाइलो गरेर बिताउँछु। बेलुकी ४ बजे एक्सरसाइज गर्छु। बेलुकी खानापछि सामाजिक सञ्जाल चलाउँछु, सुत्छु।

टिकटक बनाएरै समय बित्छ ?  

मलाई गीत सुन्ने बित्तिकै नाच्न मन लाग्छ। मिठो खानेकुरा देख्ने बित्तिकै मुख रसाउँछ नि, त्यस्तै मेरा पनि गीत सुन्नेबित्तिकै खुट्टा हल्लन्छ। नाचगान भनेपछि बाल्यकालदेखि मन पथ्र्याे। साथीभाइ र धनसम्पत्तिभन्दा पनि संगीत नै ठूलो लाग्छ मलाई। मेरो कलाकारितामा प्रवेश नै गीतसंगीतबाट भएको हो। दिनमा १५ वटासम्म टिकटक बनाएको छु। लगभग २८ वटा टिकटक अपलोड गर्न बाँकी छ। अहिले घाम नलागेर टिकटक बनाउन पाएको छैन।  

टिककटले मानिसहरूलाई रमाइलो दिलाएको छ। यदि टिकटक नभएको भए मानिसहरू ‘डिप्रेसन’मा जान्थे होला। सबैको एकनास जीवन शैली छैन। सबैले टिकटक हेरेर मन भुलाएका छन्। टिकटकले सकारात्मक सोचेको विकास पनि गरिदिएको छ। मलाई पनि व्यक्तिगत रूपमा फाइदा भएको छ। अहिले टिकटक सजिलै बनाउँछु। टिकटक नबनाई बस्न मन लाग्दैन्। अहिले नातिनीसँग टिकटक बनाएर समयको उपयोग गर्दै छु।  

टिकटक बनाउने मोह कसरी जाग्यो ?

गत वर्ष लकडाउन सुरु भयो। महिनौंसम्म घरमा बस्नुपर्ने बाध्यता भयो। फुर्सदिलो बनायो। यसरी लामो समय घरमा बस्ने मौका मिलेको थिएन। पुराना फिल्म र सामाजिक सञ्जालमा समाचार पढ्दा–पढ्दा दिक्क लाग्यो। आफैंले अभियन गरेको टेलिचलचित्रका छोटा भिडियो क्लिपहरू फेसबुकमा अपलोड गर्न गरे। त्यसपछि फेसबुकमा धेरैले मन पराउन थाले।  

मलाई टिकटक हेर्न मात्रै आउँथ्यो, बनाउन आउँदैथ्यो। कसरी खिच्ने ? म्युजिक कसरी तान्ने ? यसबारे ज्ञान थिएन। सुरुमा  मेरो नातिनीले सिकाइन् एउटा गीतमा। त्यसपछि धेरैले मन पराउन थाले। मिठामिठा प्रतिक्रिया आउन थाले। फलोअर्स पनि बढ्न थाल्यो। झन् बनाउन मन लाग्यो। अहिले त टिकटक नबाई बस्न सक्दिनँ। टिकटकबाट धेरै साथीभाइ कमाएको छु। दर्शकलाई टिकटकबाट भए पनि मनोरञ्जन दिइरहेको छु। टिकटकबाट पाएको माया मेरो लागि सम्पत्ति बनेको छ।  

भनेपछि टेलिभिजनको पर्दामा भन्दा टिककटमै मज्जा आइरहेको छ ?  

हामी समय अनुसार चल्न जान्नुपर्ने रहेछ। मलाई टिकटकबाट देशविदेशका दर्शकले हेर्न पाउनुभएको छ। टेलिभिजनमा सिमित दर्शकले मात्रै हेर्न पाउनुहुन्थ्यो। अहिले कम्तीमा ८०–९० हजार जनाले मेरो टिकटक हेर्नुहुन्छ। त्यसैले पनि दर्शकमाझ हराएको महसुस भएको छैन। टिकटकबाट मात्रै भए पनि दर्शकसँग नजिक हुन पाइयो। टिकटक प्रायः नृत्यु गर्नुपर्ने भएकाले एक्सरसाइज हुने भयो। प्रविधिको उपयोग गर्न पनि पाइयो। नयाँ साथीहरू पनि बनाउन मिल्यो।  

घरमा टिकटक बनाउने वातावरण मिल्छ ?  

बिहान ८ देखि ९ बजेसम्म गीत सुन्छु। मलाई ‘फास्ट विट’ र ‘डान्सिङ’ गीत मनपर्छ। गीतअनुसारको म्युजिक सोचेर यो भेराइटीको डान्स गर्छु भन्ने लाग्छ। घरमा छोराबुहारी, नातिनातिनीहरू र श्रीमती पनि मैले टिकटक बनाउँछ भनेर ‘युज टु’ भइसके। खाना खाइसकेपछि नातिनीलाई बोलाएर खिच्न लगाउँछु। ३० सकेन्डमा एउटा टिकटक तयार हुन्छ।  

नेपालमा गत वर्षभन्दा कोरोना संक्रमणको भयावह रूप देखियो। तपाईंलाई आफूलाई कति सुरक्षित महसुस भएको छ ?  

कोरोनाको औषधि भनेकै घरभित्र धैर्यसाथ बस्नु हो। घरभित्र बस्यो संक्रमण हुँदैन होला। घरभन्दा बाहिर निस्किनै भएन। निस्कनै परे सामाजिक दूरी कायम गर्नुपर्याे। म पनि घरभित्रै छु। बाहिर निस्किएको छैन। अहिले सुरक्षित छु जस्तो लाग्छ। तर, दिनका दिन मान्छेहरू मरिरहेका छन्। यस्तो बेला डरचाहिँ लाग्दो रहेछ। मैले आफूलाई स्वास्थ्य रहर कोसिस गरेको छु। स्वास्थ्य रहन हामी सबैले कोसिस गर्नुपर्छ। तर सरकारले जति तयार गर्नुपर्ने हो कोरोनासँग लड्न त्यो नभएर पनि मानिसहरूको मृत्यु भइरहेको हो।  

सरकारको तयारी पुगेन भन्न खोज्नुभएको हो ?

अहिले राजनीतिक दलहरूको क्रियाकलाप देखेर मलाई रिस पनि उठ्छ, घृणा पनि लाग्छ। जनताप्रति धैर्य र माया भन्ने देखिएका छैनन्। देश संकटमा परेको बेला धैर्य हुनुपथ्र्याे। कुर्सीको मात्रै लडाइँ गरिहेका छन्। गत वर्ष पनि कोरोनासँग हामीले सामना गरेका थियौं। त्यसबाट पनि सिक्नुपर्ने थियो। सरकारलाई पनि जानकार नै थियो। यसका   लागि एक खालको तयारी गर्नुपथ्र्याे। अस्पतालमा लगानी बढाएर हुन्छ कि सहयोग मागेर भए पनि तयारी गर्नुपथ्र्याे। अहिले बरु केही मानिसहरूले आफ्नो तर्फबाट अक्सिजन वितरण गरेका छन्। सरकारले पनि केही हदसम्म त गरेको हो। तर, तयारी पुगेन जस्तो लाग्छ। सबैलाई सत्ता जानै हतार छ। आज देशलाई कोरोनाले थला पारिरहेको बेला कुर्सीका लागि मात्रै सोचिरहेका छन्। मध्यरातमा संसद्् विघटन गरिहेका छन्। यस्तो रमिता देख्दा जनतालाई कति दिक्क लाग्छ ?  

अब निषेधाज्ञापछिको योजना के छ ?  

मैले निर्माण गरेको फिल्म ‘लक्का जवान’ थन्किएर बसेको छ। रिलिज गर्न पाएको छ। संसारमा कोरोना संक्रमण दर कम  भएपछि फिल्म रिलिज गर्ने तयारी गर्छु। मेरो जेठो छोरा–बुहारी अमेरिकामा छन्। भर्खरै नाति जन्मिएको छ। भेटघाटका लागि अमेरिका जान्छु। त्यसपछि कामलाई निरन्तरता दिन्छु।  

प्रकाशित: १४ जेष्ठ २०७८ १०:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App