१६ चैत्र २०८० शुक्रबार
भिडियो

विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाले दैनिक ज्यालादारी गरी गुजारा गर्ने परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको छ। समाजसेवी सौरभ रिमालले आफ्नो पहलमा मंगलबार काठमाडौंको बल्खुस्थित दैनिक छाक टार्न समस्या परेका विपन्न परिवारलाई अत्यावश्यक खाद्यान्न सामग्री उपलब्ध गराएका हुन् ।  

कोइराला फाउण्डेशन ग्वोबल को सहयोगमा उनले चामल, तेल, दाल, चीन, नुन, चिउरा, आँटा चना, केराउ, लगायतका खाद्य सामग्री उपलब्ध गराएका हुन्।  

काठमाडौं उपत्यका बाहिरबाट आएर ज्यालादारीका लागि बसेका विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको रिमालले बताए । सामाजिक दूरीको ख्याल गर्दै व्यवस्थित तरिकाले साढे तीन फिटको दूरी कायम गर्दै राहत वितरणका साथै विपन्न परिवारलाई साबुन लगायतका सामग्री पनि समेत वितरण गरिए उनले बताए ।  

‘काठमाडौंमा भारी बाकेर गुजारा गरिहेका केही परिवारलाई खाद्यन्न उपलब्ध गराइरहेको छु । कोरोना महामारीले दैनिक ज्यालादारी मजदुर तथा विपन्न वर्गहरू राहत पाएपछि उत्साहित हुनु भएको छ’, उनले भने,‘काठमाडौंका केही स्थानमा रहेका विपन्न वर्गहरुलाई दैनिक खाद्यान्न सामग्री उपलब्ध गराउने अभियानमा छु ।’ उनले सडकका पुशपंक्षीलाई समेत खाना खुवाउँदै आइरहेका छन् ।  

प्रकाशित: ४ जेष्ठ २०७८ ११:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App