१५ चैत्र २०८० बिहीबार
भिडियो

‘हामीले नाटकको ब्राण्डिङ र प्रचार गर्न सकेका छैनौं’

शिल्पी थिएटरका संस्थापक तथा निर्देशक युवराज घिमिरेले सरकारले सहयोग नगरे नाटकघरहरु बन्द हुने बताएका छन्। रिपब्लिकाको साप्ताहिक कार्यक्रम ह्यासट्याग २०३० मा कुराकानी गर्दै घिमिरेले नाटकघरहरुको अस्तिवको लागि सरकारले आर्थिकसहित अन्य  सहयोग दिनुपर्ने बताए।  

उनले समाजलाई सकारात्मक दिशालामा लैजान नाटकघरले महत्वपूर्ण भूमिका खेल्नसक्नेमा जोड दिए। यसको बलियो उदाहरण नाटकबाट उदाएका कलाकारले नेपाली फिल्म उद्योगलाई समाज सुहाउँदो बनाएकोलाई लिन सकिने उनको भनाई छ। उनले नेपालमा हुने विभिन्न विरोधहरुलाई नाटकबाट सुन्दर तरिकाले प्रस्तुत गर्न सकिने बताए। ‘हामी समाजको एक अंग हौं। समाजमा गलत गर्नेललाई नाटकमार्फत प्रस्तुत गर्ने जिम्मेवारी सबैभन्दा धेरै हाम्रो हुन्छ। तर दुखका साथ भन्नुपर्छ, मैले यसो भइरहेको देखेको छैन,’ उनले भने।

नेपाली रंगकर्मीहरुले लगानीकर्तालाई आकर्षित गर्न नसेको घिमिरेको भनाई छ। उनी भन्छन्,‘हामी नाटकको ब्राण्डिङ र प्रचार गर्न सकेका छैनौं। परिणामस्वरूप नाटकमा लगानीकर्ताले चासो दिएका छैनन्। आगामी दिनमा हामी त्यसतर्फ ध्यान दिनेछौं।’

प्रकाशित: ९ माघ २०७७ १२:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App