नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले खेलाडीहरुको सीप विकासको लागि थप लगानी बढाउँनु पर्ने बताएका छन् । नेपाल रिपब्लिक मिडियाको कार्यक्रम ‘ह्यास्ट्याग २०३०’ मा बोल्दै कप्तान मल्लले यस्तो बताएका हुन् ।
‘अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियमहरू हुनुपर्छ भन्ने छैन् । खेलाडीहरुको सीप विकासको लागि लगानी बढाउँनु पर्छ । एक ठाउँमा मात्रै केन्द्रित नभएर नेपाल भरका युवाले क्रिकेट खेल्ने ठाउँ हुनु पर्छ । त्यसपछि मात्रै उनीहरूको खेल्ने सीप बढ्छ’, उनले भने ।
उनले पूर्वधारको विकासँगै विद्यालय स्तर, जिल्ला स्तर र स्थानीय स्तरको क्रिकेटलाई विस्तार गर्नु पर्नेमा जोड दिएका छन् ।
प्रकाशित: २ माघ २०७७ १३:१८ शुक्रबार