६ वैशाख २०८१ बिहीबार
भिडियो

भ्रष्टाचारको नयाँ शृंखला सुरू गर्नुभन्दा ताजा जनादेश नै उत्तम विकल्प : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले संसद् विघटन भइसकेकाले अब ताजा जनादेशमा जानु उपयुक्त विकल्प भएको बताएका छन् । बुधबार नागरिक न्युजको फ्रन्टलाइनमा बोल्दै उनले राजनीतिक संकट समाधानका लागि ताजा जनादेश नै अहिलेको सबैभन्दा उपयुक्त विकल्प भएको बताएका हुन्।

‘‘राजनीतिक दृष्टिकोणबाट वर्तमान राजनीतिक समस्या समाधान, भ्रष्टाचार, अस्थितरता, अराजकता र धर्म परिवर्तनजस्ता समस्याको समाधानका लागि पनि निर्वाचनमा जानु उपयुक्त हुन्छ’, उनले भने, ‘राप्रपाको राजनीतिक दृष्टिकोण र आधिकारिक धारणा पनि यही हो ।’  

अध्यक्ष थापाले नेपाल कम्युनिस्ट पार्टीलाई देशमा शान्ति, समृद्धि र स्थिरता कायम गर्नको लागि दिएको दुई तिहाईको मतलाई धोका दिएको अरोप लगाएका छन् ।  ‘अनैतिक र अपवित्र गठनबन्धन गरेर सांसद किनबेच गरेर अस्थितरता, अराजकता भ्रष्टाचार र कुसासनको नयाँ शृङ्गला सुरु गर्नुभन्दा ताजा जनादेशमा जानु नै  राजनीतिक दृष्टिकोणबाट उपयुक्त हुन्छ’, उनले भने । 

 

प्रकाशित: २९ पुस २०७७ १३:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App