श्रीमतीले पैसा लिएर फिर्ता नगरेपछि उनका श्रीमान् अपहरणमा परेका छन्। उदयपुरको कटारी नगरपालिका–१० घर भएका लालबहादुर थापा मगर मंगलबार दिउँसो धनुषाको ढल्केवरबाट अपहरणमा परेका हुन्।
भूकम्प गएको नौ वर्षमा जिल्लाभित्र अधिकांश नीजिआवास, सरकारी कार्यालय, स्वास्थ्य कार्यालय भवन, विद्यालय तथा प्रमुख पुरतात्विक भवन निर्माणको काम लगभग सम्पन्न भएपनि भूकम्पको केन्द्रविन्दु बारपाकमै केही भूकम्प पीडित अस्थायी टहरामै छन्।
भारतीय भन्सारले पाँच दिनअघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात आज खुला गरेको छ। यही वैशाख ७ गते काँकडभिट्टा नाकाबाट चिया बोकेर गएका १७ ट्रक भारतीय सीमाभित्र सडकमै रोकिएका थिए।