१५ वैशाख २०८१ शनिबार
image/svg+xml
भिडियो

‘म्याद सकिएका सामान नष्ट गर्ने कि बजारमा पठाउने ?’

क्याप्शन

उपभोक्ता अधिकारकर्मी तथा अधिवक्ता ज्योती बानियाँले व्यावसायीहरु उपभोक्ता अधिकारप्रति संवेदनशिल नभएको बताएका छन्।

नागरिक संवादमा बोल्दै उनले व्यापारीहरुले अखाद्य बस्तुहरु बजारमा ल्याएर नागरिकको स्वास्थ्यमा खेलवाड गरेको बताए। ‘म्याद सकिएका सामान व्यापारीले आफै नष्ट गर्नु पर्छ तर त्यसमा सरकारी निकायलाई जानकारी दिएको हुनुपर्छ,’बानियाँले भने, ‘तर यहाँ उनीहरुले सामान नष्ट गरेको बताउँछन् सरकारी निकायलाई रोहवरमा राख्दैनन्।’उनले पछिल्लो पटक विशाल ग्रुपले गरेको बदमासीलाई कडा कारबाही हुनु पर्ने बताए। म्याद सकिएको सामानमा रिलेवलिङ गर्ने र बजारमा पठाउने समूहप्रति व्यापारीक संगठनहरुले विज्ञप्ति निकाल्न सक्छन् भन्दै उनले प्रश्न गरे।

 

यो पनि पढ्नुहोस्

विशाल ग्रुपको बदमासी: खाद्यवस्तुसँगै डन्डी पनि गुणस्तरहीन

 

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र सुवेदीले कानुन विपरित काम गर्ने सबैलाई कारबाही गर्ने बताए। त्यसको सुरुवात पनि भएको उनले बताए। कसैको दवावमा नआइकन विभागले आफ्नो काम गरिरहेको उनको भनाई थियो। सबै क्षेत्रको समन्यवमा उपभोक्ताको क्षेत्रमा काम गर्नुपर्ने उनले बताए।

उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णु अग्रवालले कुनै पनि प्रतिष्ठानले मानिसको स्वास्थ्यमा खेलवाड गर्न नहुने बताए। म्याद नाघेका सामान बजारमा पठाउने कानुनी मात्र नभएर नैतिकरुपमा पनि गलत आचरण भएको उनले बताए। संघले कमसल सामान उत्पादनको सँधै विरोध गरेको र कारवाहीको पक्षमा रहेको बताए। तर ठूलो उत्पादनमा कमजोरीका कारण एक दुई प्याकेट कमसल परेको हो वा नियत नै कमसल सामान उत्पादन हो भन्ने कुरामा ध्यान दिनुपर्ने बताए।  

 

प्रकाशित: २१ आश्विन २०७७ १३:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App