‘म्याद सकिएका सामान नष्ट गर्ने कि बजारमा पठाउने ?’
उपभोक्ता अधिकारकर्मी तथा अधिवक्ता ज्योती बानियाँले व्यावसायीहरु उपभोक्ता अधिकारप्रति संवेदनशिल नभएको बताएका छन्।
उपभोक्ता अधिकारकर्मी तथा अधिवक्ता ज्योती बानियाँले व्यावसायीहरु उपभोक्ता अधिकारप्रति संवेदनशिल नभएको बताएका छन्।
म्याद सकिएका खाद्य सामग्रीमा नयाँ लेबल लगाएर बजारमा पठाएको विशाल ग्रुपकै भगिनी कम्पनी कमला रोलिङ मिल्सले उत्पादन गरेका डन्डी पनि गुणस्तरहीन भेटिएका छन्।
न्यून गुणस्तरको डन्डी बिक्री गरेको भेटिएपछि कमला रोलिङ मिल्सको इजाजत स्थगन भएको छ।
दुई ठूला पर्व दसैं र तिहार सम्मुखमा छन्। यस्तो बेला कालोबजारी हुने गरेका घटना नौला होइनन्। कालोबजारी नियन्त्रणका लागि सरकारी निकायले अनुगमन पनि गरिरहेका हुन्छन्। तर बिहीबार फरक घटना बाहिरिएको छ।