जेन-जी आन्दोलनकी अभियान्ता तनुजा पाण्डेले आन्दोलनको बलमा बनेको नागरिक सरकारमा सहभागी मन्त्रीहरूले अहिले पदबाट राजीनामा दिई दलीय राजनीतिमा लाग्नु चरम अवसरवाद भएको बताएकी छन्।
विश्वव्यापी रूपमा धनी र गरिब तथा मुलुक र नागरिकबिच बढ्दै गएको चरम आर्थिक असमानतालाई न्यूनीकरण गर्ने गरी अबको विश्व आर्थिक नीति तय गरिनुपर्ने मागसहित नेपालको नागरिक समाजले सशक्त खबरदारी अभियान सुरु गरेको छ।