coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
भिडियो

सर्वसाधरणले हेर्न पाएनन् संविधान दिवस

संविधान दिवसको अवसरमा राजधानीको टुँडिखेलमा संघीय सरकारले आयोजना गरेको विशेष कार्यक्रममा सहभागी हुन पुगेका सर्वसाधरण कार्यक्रम हेर्नबाटै बञ्चित भएका छन् । 

सरकारले सर्वसाधरण सबैलाई संविधान दिवसका दिन आयोजित कार्यक्रममा सहभागी भई भव्यताका साथ मनाउन आव्हान गरिरहेका बेला राजधानीको टुँडिखेलमा विशेष कार्यक्रममा सहभागी हुन पुगेका सर्वसाधरण कार्यक्रम अवलोकन गर्नबाटै बञ्चित भएका हुन् । मुल कार्यक्रम स्थलमा प्रवेश नपाएपछि पर्खाल बाहिर बसेर कार्यक्रम हेरिरहेका सर्वसाधरणलाई सुरक्षाकर्मीले सुरक्षाको कारण देखाउदै हटाएपछि सर्वसाधरण कार्यक्रम अवलोकन गर्नबाट बञ्चित भएका हुन् ।  
राष्ट्रप्रमुख, सरकार प्रमुख , उच्च पदस्थ अधिकारी, विशिष्ट अधिकारी, मन्त्रीहरु, सुरक्षा निकायका प्रमुख ,राजनीतिक दलका नेता कार्यकर्ता, सरकारी कर्मचारी लगायतको उल्लेख्य उपस्थिति रहेको टुंडिखेलभित्र आयोजित विशेष कार्यक्रममा सर्वसाधरणले प्रवेश त पाएनन् नै सुरक्षाकर्मीले पर्खालमा बसेर हेर्न पनि दिएनन् । 
कार्यक्रम स्थलमा प्रवेश गर्न नपाएपछि तेह्थुम सोल्मा गाविस वडा नम्बर ७ की पार्वती कार्कीको मन पनि दुखायो । उपचारका लागि राजधानी आएकी पार्वती सरकारले आव्हान गरेको संविधानदिवसको कार्यक्रममा सहभागी भई हर्षोल्लास साट्नुको साथै केही अनुभव पनि बटुल्न चाहन्थीन् तर पर्खालबाहिर बसेर पनि हेर्न नपाएपछि निकै दुखि भईन् ।
बुढानिलकण्ठकी कमला बोहरा छोराछोरीलाई लिएर ऐतिहासिक महत्वको संविधान दिवसको कार्यक्रम देखाउन आईन् तर हेर्न पाईनन् । उल्टै सवारीको समय भयो भन्दै सुरक्षाकर्मीले झण्डै डेढघण्टा जहाँको त्यही रोकिदिए ।
संघीय सरकारले मुल कार्यक्रम राजधानीको टुंडिखेलमा आयोजना गरेको हो । त्यसैगरी प्रत्येक प्रदेशमा आयोजित कार्यक्रमलाई प्रदेश प्रमुखहरुले सम्बोधन पनि गरेका छन् ।

प्रकाशित: ३ आश्विन २०७६ ०९:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App