१६ चैत्र २०८० शुक्रबार
भिडियो

'परराष्ट्र नीति एउटै हुनुपर्छ'

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र सबै राजनीतिक दलको परराष्ट्र नीति एउटै हुनुपर्ने बताएका छन्। उनले मुलुकका ठूला राजनीतिक दलको परराष्ट्र नीति एउटै भए विदेशी मुलकसँगको सम्बन्ध थप उचाइमा पुग्ने बताए। प्रधानमन्त्री ओलीले बाह्य सम्बन्ध बिस्तारमा सरकारले पनि एकलौटी ढंगले काम नगर्ने स्पष्ट पारे।

पराराष्ट्र नीति सम्बन्धमा राष्ट्रिय संवाद कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अहिले मुलुकका राजनीतिक दलहरुको परराष्ट्र नीति फरक फरक रहेको संकेत गरे। उनले भने,‘ सरकार र राजनीतिक दलको परराष्ट नीति समानभए सबैको लागि फलदायी हुनेछ।'

मुलुकले अहिले अनुदान र ऋण भन्दा पनि लगानी खोजिरहेको ओलीले बताए । ‘नेपालको अहिलेको आवश्यकता लगानी हो, अनुदान र ऋण होइन त्यसैले सरकारले विदेशी लगानीकर्ताहरुलाई स्वागतका लागि कसरत गरिरहेको छ’, ओलीले भने ‘हाम्रो प्राथमिकतामा लगानी छ, त्यही अनुरुपको परराष्ट्र नीति हो ।’ओलीले छिमेकीसहित सबै राष्ट्रहरुसँग सरकारले समान व्यवहार गर्ने बताए ।

प्रकाशित: १४ असार २०७६ ०५:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App