१६ चैत्र २०८० शुक्रबार
भिडियो

पार्टी एक हुन्छ भनेर ज्योतिषीले किन भन्न सकेनन् : प्रधानमन्त्री ओली

काठमाडाैं - नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टी एकताले एउटा रूप पाएकाे बताएका छन्।

अर्का नेकपा अध्यक्ष पुष्पकमल दाहालपछि बोलेका ओलीले पूर्ववर्ती सरकारले मुलुक बर्बाद पारेको आरोप लगाए।

‘अहिले बहुमतको मात्र होइन बलियो सरकार छ। विकासमा लागि परेको छ,’ उनले भने, यही सरकारले विकास गर्छ, तपाईंहरु हेर्दै जानुस्।’

नेकपा सरकारले गरेको विकासको चर्चा गर्दै प्रधानमन्त्री ओलीले बाटो कालोपत्रे, तुइन विस्थापनदेखि, ज्येष्ठ नागरिक भत्तासम्मको विषय बोलेका थिए।

उनले भने, ‘अर्थतन्त्र ठीक बाटोमा छ, केही मान्छेहरु नेकपाले गरेको विकास हेर्न सकिरहेका छैनन्, तिनीहरुलाई पनि हामीले विकास देखाएका छौं।’

प्रतिपक्षी कांग्रेस अहिले राजा फर्काउने दाउमा लागेको उनको आरोप थियो। पार्टी एकताभन्दा विकास, समृद्धि र अर्थतन्त्रको बारेमा बोलेका प्रधानमन्त्री ओलीले ३५ मिनेटभन्दा बढी स्टेजमा बिताएका थिए।

मुलुकमा तीव्रतर आर्थिक वृद्धि भइरहको भन्दै उनले मेलम्ची आयोजनाका ठेकेदारलाई जसरी पनि फर्काउने विश्वास दिलाए।उनले भने, ‘नेपाल विकासमा धेरै अगाडि बढिसक्यो, अर्थतन्त्र बलियो छ, केही केही मात्र कमजोरी छन्, मेलम्ची भाग्दैमा केही हुँदैन। केही दिन पछि साथीहरुले विकास देख्नुहुनेछ।

आफूले बोलेका अभिव्यक्तिप्रति मानसिहरुले कटाक्ष गरेको प्रति उनले भने, ‘अलिअलि बोल्दा तलमाथि त भैहाल्छ नि।’
केही दिनअघि ज्योतिषीहरुप्रति कडा रुपमा उत्रिएका उनले आजको कम्युनिष्ट पार्टी एकता दिवसमा पनि ज्योतिषीप्रति खनिए।

नेकपा एकता हुन्छ भनेर ज्योतिषीले किन भन्न सकेनन्? दुई वटा एक हुन्छ भन्ने किन थाहा पाएनन्, यो किन देखेनन् ज्योतिषीले?  उनले फेरि व्यंग्य गर्दै भने, ‘त्योभन्दा बढी अभिभारा बोकेर हिँडेको पार्टी हो यो, यसै पार्टीले देश बनाउँछ। यो पार्टी फुट्न सक्ने अवस्थामा छन् भनेर त भने, तर, हाम्रो एकता भवितव्यले भएको हैन।’

वृद्धभत्ताबारे पनि उनले भने, ‘एक समय वृद्धभत्ता बढेन भनेर खुब बाँसुरी बज्यो, अब अर्को वर्ष थाहा पाउनेछन्।’ भ्रष्टाचारीलाई नियन्त्रण गरेरै छाड्ने उनले दाबी गरे। ‘कानमा फुली लगाउन पाएको हुँदैन मान्छे ३८ क्विन्टल बोकेर हिँडेका छन्। तर यो सरकार आएपछि त्यो पनि बन्द भएको छ। हामीले जेल हाल्दियौं, पत्ता लगाउँछौ। आत्तिएका छन् उनीहरु।’ उनले थपे, ‘विभिन्न प्रकारका तस्करी हट्दै गएका छन्। शान्ति सुव्यवस्था कायम गर्ने हो।’

प्रदेश सरकारलाई पनि शक्तिशाली बनाउनुपर्छ। प्रदेशमा पनि हाम्रो बहुमत छ। स्थानीय तहलाई पनि स्वतन्त्र बनाउँदै छौं। हामी देशलाई आधुनिक र समृद्ध बनाउन चाहन्छौं। निजीकरणलाई प्रवद्र्धन गर्छौं।’

 

प्रकाशित: ९ वैशाख २०७६ ०९:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App