१५ वैशाख २०८१ शनिबार
image/svg+xml
भिडियो

कहिले बन्ला प्लास्टिकमुक्त काठमाडौं ? (भिडियाे रिपाेर्ट)

भिडियो रिपोर्ट: बिश्वास खनाल 

काठमाडौं- २०७२ वैशाख १ गतेदेखि लागुुहुने गरी सरकारले प्लास्टिकजन्य वस्तुमा प्रतिबन्ध लाएको थियो। तर त्यसको केही हप्ता बित्न नपाउँदै भूकम्प गएपछि यो निर्णय कार्यान्वनमा आउन सकेको थिएन।

त्यसपछि पनि सरकारले पटक पटक प्लास्टिकजन्य वस्तुमा प्रतिबन्ध लगाउन प्रयास गरेको थियो। प्लास्टिकबाट वातावरणमा पर्ने असरलाई न्यून गर्न सरकारले यो कदम उठाएको भए पनि बिनायोजना र विनापूर्वतयारी गरेकाले निर्णय पूर्ण रुपमा कार्यान्वयन हुन सकेन।

पछिल्लो समय प्लास्टिकजन्य वस्तुको प्रयोग अत्यधिक हुने गरेको छ। दैनिक आवश्यकताका वस्तुहरु समेत प्लास्टिकमा प्याकिङ भएर आउँने गर्छन्। प्लास्टिकरहित जीवनयापन नै असम्भवजस्तै भइसकेको छ। तर प्रयोग गरिसकेपछि यस्ता प्लास्टिकजन्य वस्तुहरु जथाभावी फाल्नाले वातावरण भने प्रदूषित हुँदै गएको छ । 

प्लास्टिकबाट विषालु ग्यास उत्सर्जन हुनुका साथै लामो समय सम्म नसड्ने र गल्दैन पनि। एकातिर प्लास्टिक प्रयोगले यसको वेफाइदा हुदा हुदै पनि वैकल्पिक उपाय अवलम्बन गरेको पाइँदैन। त्यस्तैले प्लास्टिक झोलाको व्यवस्थापन नै दीर्घकालीन रुपमा समस्या समाधान हुन सक्छ। 

प्रकाशित: १३ चैत्र २०७५ १९:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App