१४ चैत्र २०८२ शनिबार
image/svg+xml

निर्वाचन १८ दिन बाँकी : फागुन १७ सम्म मतदाता शिक्षा कार्यक्रम

आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत विशेष कार्यक्रमअनुसार मतदाता शिक्षा कार्यक्रम अगाडि बढ्न लागेको आयोगले जनाएको छ।

सुर्खेत–१ मा रवि किरण हमाले गरे शक्ति प्रदर्शन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सुर्खेत क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा उम्मेदवार रवि किरण हमालले भेरीगंगाको छिन्चुमा शक्ति प्रदर्शन गरेका छन्।

नेकपा प्रतिबद्धता ‘एमालेपथ’मा

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि ल्याएको चुनावी प्रतिबद्धतापत्र एमालेपथमा हिँडेको देखिएको छ।

निर्वाचन २२ दिन बाँकी : ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने

मतदान प्रक्रियालाई सहज, सरल बनाउन, बदर हुने प्रतिशत घटाउनका लागि आयोगले आगामी फागुन ३ गतेदेखि १७ गतेसम्म देशव्यापी रुपमा सो कार्यक्रम सञ्चालन गर्न लागेको हो।

निर्वाचनमा २३ दिन बाँकी : ४४ जिल्लाको १०० क्षेत्रको मतपत्र छपाइ सकियो

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा समानुपातिक निर्वाचन प्रणाली तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनका लागि गत पुस २२ गतेदेखि मतपत्र छपाइ सुरु भएको हो।

निर्वाचन २५ दिन बाँकी : कसलाई मतदान गर्नुहुन्छ भनेर गोप्यता भंग नगर्न आग्रह

निर्धारित समय अगावै कोणसभा गर्ने, प्रचारप्रसार गर्ने, प्रचारप्रसार सामग्री प्रकाशन तथा प्रसारण गर्ने र घरदैलो कार्यक्रम गरी मतदातालाई प्रभाव पार्ने काम गरिरहेको भन्ने जानकारी प्राप्त भएकाले त्यस्तो कार्य नगर्न/नगराउन निर्वाचन कार्यालयले ध्यानाकर्षण गराएको छ।

दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने

कार्यविधिअनुसार अब निर्वाचनको प्रचारप्रसारका लागि राजनीतिक दल र उम्मेदवारले अनिवार्य रूपमा छुट्टै बैंक खाता खोल्नुपर्ने छ।

आगामी निर्वाचनका लागि सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि जारी

निर्वाचन आयोग नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको छ।

निर्वाचनको २८ दिन बाँकी : निर्वाचन प्रचारप्रसार खर्च अनिवार्य रूपमा बैंक खातामार्फत गर्न नयाँ कार्यविधि जारी

निर्वाचन आयोगले आमनिर्वाचनका क्रममा हुने राजनीतिक दल तथा उम्मेदवारको प्रचार–प्रसार खर्चलाई पूर्ण रूपमा बैंकिङ प्रणालीमा आबद्ध गराउने उद्देश्यसहित ‘निर्वाचन प्रचार–प्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ जारी गरेको छ।

फागुन २१ गते हुने निर्वाचनको तयारीबारे छलफल

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका विषयमा गृह मन्त्रालय र निर्वाचन आयोगबीच छलफल भएको छ।

निर्वाचनको ३५ दिन बाँकीः यस पटक नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको छ।

गृह सचिवको नेतृत्वमा केन्द्रीय सुरक्षा कमान्ड पोस्ट गठन

वर्तमान सुरक्षा अवस्थालाई ध्यानमा राख्दै चारै सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागबिच आपसी समन्वयलाई थप प्रभावकारी बनाउन कमान्ड पोस्ट सहयोगी बन्नेछ।

निर्वाचन आउन ३७ दिन बाँकी : समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न

आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ।

परिवर्तन खोज्दै रौतहटका मतदाता

लोकतन्त्र प्राप्तिपछि प्रतिनिधि सभा निर्वाचनमा एउटै अनुहारलाई पटक पटक उम्मेदवारको रुपमा देखेका मतदाता यस वर्ष भने परिवर्तन चाहेका छन् ।

एमालेले २६ वर्षदेखि ‘खाता’ खोल्न नसकेको जिल्ला

एमालेले २०५६ सालमा देवीलाल थापालाई जिताएपछि चुनाव जित्ने सीप नै बिर्सिएको जस्तो देखिन्छ। त्यसयता भएका हरेक निर्वाचनमा पार्टी आफ्नै आन्तरिक कलह, गुटबन्दी र नेतृत्वको अहंकारले घाइते बनेको छ। एमाले कार्यकर्ता ‘पार्टीभित्रको झगडा रोक्न सके मात्रै महत जित्छन्,’ भन्छन्। एमालेको सबैभन्दा ठुलो डर विपक्षी दल होइनन्, आफ्नै पार्टीभित्रको गुटबन्दी हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्