२० वैशाख २०८३ आइतबार
image/svg+xml
प्रविधि

पहिलोपटक Wi-Fi 6 सहित ‘SUBISU सुरक्षा’ सेवा सुरु

नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक SUBISU Limited ले नेपालमै पहिलोपटक Wi-Fi 6 प्रविधि मा आधारित नयाँ पुस्ताको इन्टरनेट सेवा सार्वजनिक गरेको छ। कम्पनीले यससँगै इन्टरनेट सुरक्षालाई मुख्य सेवामै समावेश गर्दै ‘Secure Internet – SUBISU सुरक्षा’ नामक नयाँ सेवा पनि शुभारम्भ गरेको जनाएको छ।

कम्पनीका अनुसार नेपालमा Wi-Fi 6 प्रविधि उपलब्ध भए पनि सुरक्षालाई विशेष प्राथमिकता दिँदै उच्चस्तरको सुरक्षित इन्टरनेट अनुभव प्रदान गर्ने अवधारणा भने पहिलोपटक ल्याइएको हो।

SUBISU ले सार्वजनिक गरेको Wi-Fi 6 सेवाले उच्च गतिको इन्टरनेट, फराकिलो वाइफाइ कभरेज तथा एकै समयमा धेरै डिभाइस सहज रूपमा कनेक्ट गर्ने क्षमता दिने जनाएको छ। यसले लो-लेटेन्सी सुनिश्चित गर्दै सहज अनलाइन अनुभव प्रदान गर्नुका साथै डिभाइसको ब्याट्री बचतमा समेत सहयोग पुर्‍याउने कम्पनीको दाबी छ।

कम्पनीले ल्याएको SUBISU सुरक्षा सेवाले प्रयोगकर्तालाई हानिकारक वेबसाइट, साइबर जोखिम तथा अनधिकृत पहुँचबाट जोगाउने बताएको छ। यसले व्यक्तिगत गोपनीयता र डाटा सुरक्षामा सहयोग गर्दै परिवार तथा व्यावसायिक प्रयोजनका लागि सुरक्षित ब्राउजिङ वातावरण तयार गर्ने उल्लेख गरिएको छ।

SUBISU Limited का उपाध्यक्ष रामकृष्ण परियार ले डिजिटल युगमा केवल तीव्र गतिको इन्टरनेट मात्र पर्याप्त नहुने बताए। उनले ग्राहकलाई तीव्र गतिको मात्र नभई सुरक्षित इन्टरनेट अनुभवसमेत प्रदान गर्ने लक्ष्यसहित सेवा ल्याइएको जानकारी दिए।

उनका अनुसार Wi-Fi 6 र Secure Internet को संयोजनमार्फत नेपालमा इन्टरनेट सेवाको नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य लिइएको छ, जहाँ गति, स्थिरता र सुरक्षा एकैसाथ उपलब्ध हुनेछन्।

कम्पनीले ग्राहकको आवश्यकता र स्तरलाई ध्यानमा राख्दै सेवा तीन फरक प्याकेजमा उपलब्ध गराएको जनाएको छ। ती प्याकेजहरूमा Smart WiFi 6, Pro WiFi 6Elite WiFi 6 रहेका छन्।

कम्पनीले यो पहललाई नवप्रवर्तन, ग्राहक सुरक्षा तथा भविष्यमुखी डिजिटल सेवाप्रतिको आफ्नो प्रतिबद्धताको निरन्तरता भएको जनाएको छ।

प्रकाशित: १६ वैशाख २०८३ १९:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App