१४ भाद्र २०८३ आइतबार
image/svg+xml
प्रविधि

बाढी प्रभावित सुबिसुका ग्राहकलाई सात ७ दिन सेवा थप

बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सहजीकरण गर्ने उद्देश्यले सुबिसुले सेवा अवधि थप गरेको छ ।

कम्पनीका अनुसार बाढी प्रभावित अवधिमा कनेक्सनको म्याद समाप्त भएका ग्राहकलाई थप ७ दिनको सेवा अवधि उपलब्ध गराइएको हो । बाढीका कारण सेवा प्रभावित हुँदा ग्राहकको सेवा अवधि खेर नजाओस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको सुबिसुले जनाएको छ ।

भदौ १० गते आएको भीषण बाढीका कारण विशेषगरी भोटेकोशी तथा त्रिशूली नदी आसपासका क्षेत्रमा सुबिसुको इन्टरनेट सेवा प्रभावित भएको थियो । बट्टार, चरौंदी, चौघडा, देवीघाट, धादिङ, हुङ्दीखोला, खाल्टे, खानीखोला, गल्छी, धार्के र मलेखुलगायतका क्षेत्रमा सेवा प्रभावित भएको कम्पनीले जनाएको छ ।

सेवा पुनःस्थापनाका लागि सुबिसुका प्राविधिक टोलीहरू प्रभावित क्षेत्रमा परिचालन भइरहेका छन् । स्थानीय अवस्था र पहुँचलाई ध्यानमा राख्दै नेटवर्क तथा इन्टरनेट सेवा यथाशीघ्र सञ्चालनमा ल्याउने प्रयास भइरहेको कम्पनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) सुबास अधिकारीले बताएका छन् ।

उनका अनुसार सेवा पुनःस्थापनासँगै फिल्डमा खटिएका प्राविधिक टोलीको सुरक्षालाई समेत उच्च प्राथमिकतामा राखिएको छ ।

बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध हुँदा उद्धार, राहत तथा प्रभावित नागरिकबीचको सञ्चारमा समेत कठिनाइ भइरहेको अवस्थामा सेवा पुनःस्थापनालाई तीव्रता दिइएको सुबिसुले जनाएको छ ।

प्रकाशित: १४ भाद्र २०८३ १८:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App