१६ आश्विन २०८२ बिहीबार
image/svg+xml ६:४७ पूर्वाह्न
प्रविधि

डिजिटल नेपाल सम्मेलन-२०२५ मा गुगल पनि आउने

‘डिजिटल नेपाल सम्मेलन’ को चौथो संस्करण यही साउन ३० गते आयोजना हुने भएको छ।

आइसिटी फाउण्डेशन नेपालले मंगलबार पत्रकार सम्मेलन गरी ‘इम्पावरिङ डिजिटल नेपाल टुगेदर’ भन्ने नारासहित ‘डिजिटल नेपाल सम्मेलन–२०२५’ आयोजना गर्न थालिएको जनाएको छ। यस वर्षको मुख्य थिम ‘डिजिटल सिनर्जी: ट्रान्सफर्मिङ गभर्नेन्स, इकोनोमी एण्ड सोसाइटी’ छ।

पुल्चोकस्थित द प्लाजामा आयोजना हुने सम्मेलनमा आठभन्दा बढी सत्रमा राष्ट्रिय र अन्तरराष्ट्रिय विज्ञसहित ५० भन्दा बढी वक्ता हुनेछन्। गुगलको सहभागिता हुने सम्मेलनमा डिजिटल शासन, डिजिटल पूर्वाधार, डिजिटल स्वास्थ्य, डिजिटल अर्थतन्त्रलगायतका विषयमा संवाद हुनेछ।

सन् २०१९ मा नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्क सार्वजनिक गरेसँगै फाउण्डेशनले नेपालको डिजिटल रूपान्तरण र इकोसिस्टम विकासका लागि विभिन्न अभियान र कार्यक्रम सञ्चालन गरिरहेको छ। रासस

प्रकाशित: २१ श्रावण २०८२ ०८:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App