२१ मंसिर २०८२ आइतबार
image/svg+xml
प्रविधि

फेसबुक चलाउने कम्पनी मेटा सम्पर्कमा आयो: दर्ता प्रक्रियाको जानकारी माग्यो

सरकारले नेपालमा आधिकारिक दर्ता नभइ सामाजिक सञ्जाल सञ्चालन नगर्ने निर्णय गरेपछि फेसबुक सञ्चालन गर्ने कम्पनी मेटाले नेपाल सरकारसँग सम्पर्क गरेको छ ।  

मेटाले सरकारसँग दर्ता प्रक्रियाबारे सोधपुछ गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सूचना अधिकारी रविन्द्रप्रसाद पौडेलका अनुसार दर्ता प्रक्रियामा आउन विवरण मागेको छ ।  

उनले भने, ‘मेटाले नेपालमा दर्ता हुन के के गर्नुपर्छ, दर्ता प्रक्रियाको प्रावधान के छ भनेर विवरण मागेको छ ।’

उनले मेटाले मागेको विवरण आफूहरूले उपलब्ध गराउने बताएका छन् ।

प्रकाशित: १९ भाद्र २०८२ १८:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App