क्यान्डि क्रसको लतले स्थिति कस्तोसम्म हुन पुग्यो भने उनको औंलाको टिस्यु नै फाट्न पुग्यो। उनी ८ हप्तादेखि क्यान्डिक्रस खेल्दै आएका थिए। औंला सुनिएपछि उनलाई डाक्टरकोमा जानु परेको थियो।
चिकित्सकले चोटको स्थिति हेरेपछि औंलाको सर्जरी गर्ने सुझाव दिएका छन्। उपचारमा संलग्न डाक्टरका अनुसार भिडियो गेम्स खेल्दा औंलाको मांशपेशीमा नराम्रो असर पर्छ। त्यो दुःखाइ सामान्य भन्दा निकै बढी हुनेगर्छ।
चिकित्सकका अनुसार दैनिक आधाघन्टा भन्दा बढी स्मार्टफोनमा गेम खेल्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ। लत नै बस्नेगरी गेम खेल्नुको परिणाम अझ खतरनाक हुने डाक्टरहरुको बुझाइ छ।
डेढ करोड बढी डाउनलोड
किङ डिजिटल इन्टरटेनमेन्टले बनाएको क्यान्डि क्रस नामको गेम विश्वमै लोकप्रिय छ। इन्ड्रोयमा मात्रै यो गेम डेढ करोडभन्दा बढीले डाउनलोड गरेका छन्। नेपालमा पनि लाखौं मान्छे यो गेममा झुन्डिन्छन्। तर यसलाई मन नपराउनेहरुको समूह पनि सानो छैन।
सुरुमा यसलाई फेसबुकमा लञ्च गरिएको थियो। बढ्दो लोकप्रियताका कारण कम्पनीले मोबाइल एप पनि बजारमा ल्यायो।
प्रकाशित: २ वैशाख २०७२ ०३:२३ बुधबार





