२ पुस २०८२ बुधबार
image/svg+xml
प्रविधि

स्मार्टफोनमा अटोकरेक्ट यसरी बन्द गर्नुहोस्

काठमाडौं-स्मार्टफोन या ट्यावलेटमा कहिलेकाँहि अटोकरेक्टले हैरानी दिने गर्छ। अटोकरेक्टका कारण लेखिएका शब्द उल्टा पुल्टा हुने गर्छन्। अटोकरेक्ट अन भएकै अवस्थामा एसएमएस पठाउनु पर्दा लेखिएका शब्दबारे ख्याल गरिएन भने शब्द बदलिएर अरुनै हुने खतरा हुन्छ।टचस्क्रिन फोनमा यस्तो गल्ती हुने सम्भावना अझ धेरै हुने गर्छ।

अटोकरेक्टलाई हटाउन खास समस्या छैन। यसलाई आफ्नो मोवाइलबाट 'डिसएवल' गरेपछि यो समस्याले दु:ख दिने छैन। कसरी गर्ने त 'डिसएवल'?
150313185839 smart phone 640x360 afp
आफ्नो एन्ड्रवइड डिभाइसको मेनुमा गएर सेटिङमा जानुस् त्यस पछि ल्याङवेज एण्ड इनपुटको विकल्प रोज्नुस्। त्यसपछि एन्ड्रोइड किवोर्ड या मल्टी-टच किवोर्ड रोज्नु पर्ने हुन्छ। तपाईसँग भएको फोनको आधारमा यो निर्भर हुने गर्छ।

त्यसपछि 'अटो करेक्ट इरर्स' बक्समा भएको टिक मार्क हटाइदिनुस्। टिक हटाएपछि फोनमा अटोकरेक्ट बन्द हुनेछ। यो मेनुमा वर्ड प्रेडिक्सनलाई बन्द गर्ने विकल्प पनि रहेको छ।

प्रकाशित: ५ भाद्र २०७२ ०५:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App