यसरी चल्ने योजनामा ग्राहकले एक चक्रमा दोस्रो पटक एक सय रुपैयाँको रिचार्ज गर्ने बितिक्कै एक सय रुपैयाको बोनस ब्यालेन्स प्राप्त गर्नेछन्। प्रिपेडमार्फत प्रिपेडमा ब्यालेन्स ट्रान्सफरबाट प्राप्त गरिएको ब्यालेन्स बोनस प्राप्त गर्न मान्य हुने छैन। प्राप्त बोनसबाट एनसेल नेटवर्क भित्र कल गर्न, एसएमएस पठाउन तथा इन्टरनेट चलाउन सकिनेछ र उक्त बोनस ५ दिनसम्म मान्य हुनेछ।
रिचार्ज कार्ड, भिएफटी, बैंक तथा अन्य कुनै पनि माध्यमबाट रिचार्ज गरी यस योजनाको लाभ लिन सक्नेछन्। ग्राहकले एस्ट्रिक्स १७११४ ह्यास डायल गरी हप्ता भरी आफुले गरेको रिचार्जको निःशुल्क जानकारी लिन सक्नेछन्।
'आफ्ना ग्राहकलाई थप सुविधा प्रदान गर्ने उद्देश्यअनुरुप हामीले यो रिचार्जमा बोनस अफर ल्याएका छौं। यसले हाम्रा प्रिपेड ग्राहकलाई आफ्ना प्रियजनसँग थप सम्पर्कमा रहन मद्दत पुप्याउने विश्वास छ,' एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने,'यो योजना १२ साता सम्म जारी रहनेछ।'
प्रकाशित: २४ श्रावण २०७२ २२:२५ आइतबार





