साथीको फेसबुक ह्याक गरेर मानसिक यातना दिई डरत्रास देखाउँदै व्यक्तिगत मान मार्यादामा आँच आउने किसिमको कार्य गर्ने रामेछाप जिल्ला साँघुटार-१ का वर्ष २७ जीवन भनिने अरविन्द श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई ललितपुर-७ ग्वार्कोबाट पक्राउ गरी विद्युतीय कारोबार ऐनअन्तर्गत आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाण्डौंमा पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित: ३ असार २०७२ २३:०३ बिहीबार





