काठमाडौं-एनसेलले ग्राहकलाई विद्यमान शुल्कमै दैनिक प्याकमा दुई गुना डाटा भल्युम दिन थालेको छ।
पुनर्निर्माणको चरणमा डाटाले महत्वपूर्ण भूमिका खेल्ने भएकोले ग्राहकलाई सुलभ दरमा थप डाटा उपलब्ध गराउन एनसेलले एकको दुई अफरलाई स्थायी सेवा बनाएको छ। यसअन्तर्गत एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले अब विद्यमान मूल्यमै पहिलेको भन्दा दोब्बर भल्युमको दैनिक डेटा प्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
दैनिक रुपमा डेटा प्याक लिई ईन्टरनेट प्रयोग गर्न रुचाउने ग्राहकका लागि एनसेलले कर बाहेक ६ रुपैयाँमा ३ एमबी, ९ रुपैयाँमा ६ एमबी, १२ रुपैयाँमा ९ एमबी तथा २० रुपैयाँमा २० एमबीको दैनिक प्याक उपलब्ध गराउँदै आएको थियो।
नयाँ स्थायी सेवा लागू भएसँगै ग्राहकले अब कर बाहेक ६ रुपैयाँमा ६ एमबी, ९ रुपैयाँमा १२ एमबी, १२ रुपैयाँमा १८ एमबी तथा २० रुपैयाँमा ४० एमबी डाटा पाउने छन्।
एकको दुई योजनालाई एनसेले पहिलो पटक फागुनमा तीन महिनाको अफरको रुपमा ल्याएको थियो। ‘योजना अवधि सकिए पनि भूकम्प पश्चातको असहज परिस्थितीमा ग्राहकलाई सरल तथा सुलभ रुपमा इन्टरनेट सुनिश्चित गर्न हामीले उक्त अफरलाई स्थायी सेवा बनाएका छौं,'एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने।
एनसेलका ग्राहकले एस्ट्रिक्स १७१२३ ह्याश डायल गरी अफरको लाभ लिन सक्नेछन्। दैनिक प्याक, प्याक सुचारु गरेको २४ घण्टासम्म मान्य हुनेछ।
प्रकाशित: २८ जेष्ठ २०७२ २२:३६ बिहीबार





