काठमाडौं—प्रधानमन्त्री कार्यालय ट्विटर प्रवेश गरेको छ। सामाजिक सञ्जालका नेपाली प्रयोगकर्ता बढ्दै गएको अवस्थामा बुधबार प्रधानमन्त्री कार्यालयले आफ्नो ट्विटर ह्यान्डल बनाएको हो।
प्रधानमन्त्री कार्यालयले ह्यान्डल @PM_Nepal राखिएको छ।राति १० बजेसम्म प्रधानमन्त्री कार्यालयको ह्याडलले अमेरिकी राष्ट्रपति बाराक ओबामा र भारतीय प्रधानमन्त्री नरेन्द्रलाई फलो गरेको छ।
बाबुराम भट्टराइ प्रधानमन्त्री हुँदा अाफ्नो व्यक्तिगत ट्विटर अकाउन्ट बनाएका थिए। सो मार्फत उनले सर्वसाधारणसँग साक्षात्कार गरेका थिए। भट्टराइले अाफ्नो ट्विटर अकाउन्ट बनाए पनि प्रधानमन्त्री कार्यालय भने अहिलेसम्म ट्विटरमा अाउन सकेको थिएन।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रतीक प्रधानले यो ह्यान्डल वर्तमान प्रधानमन्त्रीको भएको उल्लेख गर्दै यसलाइ संस्थागत गरी भविष्यका प्रधानमन्त्रीहरूलाइ समेत पारदर्शी बन्न सहयोग पुगोस भन्ने चाहेको बताएका छन्।
It's the existing PM's official handle. We wish to institutionalize this handle, and assist all the PMs in the future to be transparent.
— Prateek Pradhan (@prateekpradhan) June 10, 2015
प्रकाशित: २७ जेष्ठ २०७२ १०:३३ बुधबार





