९ पुस २०८२ बुधबार
image/svg+xml
प्रविधि

फेसबुकमा अफवाह फैलाउने पक्राउ

काठमाडौं‌-पछिल्लो समय प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र अपराध महाशाखाले सामाजिक सञ्जाल, एसएमएसमार्फत भ्रामक सूचना सम्प्रेषण गर्नेलाई पक्राउ  गरिरहेको छ। प्रहरीले फेसबुकमार्फत भ्रामक सूचना दिएको, एसएमएस गरी त्रास फैलाएको र वेबसाइटमा आतंक फैलाउने समाचार सम्प्रेषण गरेको आरोपमा विभिन्न व्यक्तिलाई पक्राउ गरेको छ।फेसबुकमा कर्मठ युवा नेपालका प्रयोककर्ताले प्रधानमन्त्री राहत कोषविरुद्ध भ्रामक सूचना राखेको आरोपमा प्रहरीले सो संस्थाका अध्यक्ष विवेक राईलाई मंगलबार पक्राउ गरेको छ। विपतका बेलामा सर्वसाधारणमा नकारात्मक प्रभाव पार्ने गरी सूचना सम्पे्रषण गरी प्रसारण गरेको आरोपमा अपराध महाशाखाको समन्वयमा इलाका प्रहरी कार्र्यालय लेटाङले राईलाई पक्राउ गरेर हिरासतमा राखेको छ।
समाज आतंकित भइरहेको अवस्थामा एउटा एसएमएस १५ जनालाई पठाए ९ सय र २ सय बोनस पाइन्छ भन्दै एनसेलको सिमबाट एसएमएस गरेर भ्रम फैलाएको आरोपमा प्रहरीले फूलमाया तामाङ र राजु मगरलाई पक्राउ गरेको छ। महाशाखाले उनीहरूलाई सोमबार काठमाडौंको मच्छेगाउँबाट पक्राउ गरी हिरासतमा राखेको छ। ठूलो भुकम्प जाँदैछ भनेर माइकिङ गर्दै हिँड्ने र ज्योतिषको दाबी गर्दै समाचार सम्प्रेषण गर्ने ४ जना पक्राउ परिसकेका छन्।

प्रकाशित: २२ वैशाख २०७२ २०:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App