२६ पुस २०८२ शनिबार
image/svg+xml
प्रविधि

एनसेलको सुविधा जारी

काठमाडौं– मोबाइल सेवा प्रदायक एनसेलले सोमबार पनि ग्राहकलाई निःशुल्क ब्यालेन्स र एसएमएस सुविधा दिएको छ।उसले सोमबार १० रुपैयाँभन्दा कम ब्यालेन्स भएका ग्राहकलाई पुनः ३० रुपैयाँ ब्यालेेन्स दिएको जनाएको छ। यो ब्यालेेन्सबाट ग्राहकलेे कुनै पनि नेटवर्कमा कल, एसएमएस गर्न र डेटा चलाउन सक्ने कम्पनीले जनाएको छ। कम्पनीलेे ५० भन्दा कम एसएमएस भएका ग्राहकलाई सोमबार पनि निःशुल्क ५० एसएमएस गर्न सक्ने सुविधा दिएको विज्ञप्तिमार्फत जनाएको छ।
एनसलले ग्राहकलाई ब्यालेन्स नभए पनि स्काइप र भाइबरमा भ्वाइस र टेक्स्ट गर्न सकिने सुविधा दिइरहेको जनाएको छ।
‘यी आकस्मिक सञ्चार सुविधाले हाम्रा समस्त ग्राहकलाई आफ्ना प्रियजनसँग सम्पर्कमा रहन र उद्धार तथा राहत कार्यमा सहज बनाउने विश्वास छ,' एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्मालेे भने।
सोमबार एनसेलका ९ सय ४५ भन्दा बढी टावरलेे ग्राहकलाई नियमित तथा आकस्मिक सेवा प्रदान गरिरहेको शर्माले जानकारी दिए। अति प्रभावित क्षेत्रमा तत्कालीन समाधानको रूपमा मोबाइल टावर प्रयोग गर्दै सेवा सुचारू गर्ने काम भइरहेको उनले बताए।
एनसेलका सबै सेन्टरबाट ग्राहकलाई सेवा दिइरहेको कम्पनीले जनाएको छ। यी सेन्टरबाट ग्राहकले सहज रूपमा सिमकार्ड, रिचार्ज कार्ड लगायत सेवा प्राप्त गर्न सक्ने एनसेलले जनाएको छ।

प्रकाशित: २१ वैशाख २०७२ २२:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App