उपहार स्वरुप प्राप्त टकटाइम एनसेलको कुनै पनि नम्बरमा कुरा गर्न प्रयोग गर्न सकिनेछ। यसको प्रयोगका लागि कुनै समयसीमा छैन। डेटा उपहार ३० दिनभित्र प्रयोग गरिसक्नु पर्नेछ। ग्राहकले एनसेल कोसेलीको सुविधा निःशुल्क प्रयोग गर्न सक्छन्। उपहारबापतको शुल्क भने उपहार पठाउने ग्राहकको ब्यालेन्सबाट काटिनेछ।
ग्राहकले १७१११ डायल गरी निर्देशनअनुसार आफूले चाहेको उपहार छान्न र प्रियजनलाई सजिलै प्रदान गर्न सक्छन्। विभिन्न नम्बरमा जतिपटक पनि उपहार पठाउन सकिनेछ। एउटै नम्बरले भने टकटाइमको उपहार दिनमा अधिकतम २० पटकसम्म र डेटा उपहार दुई दिनमा अधिकतम २० पटकसम्म पाउन सक्नेछन्। ‘एनसेल कोसेलीले प्रिपेड ग्राहकलाई प्रियजनसँग उपहार आदान–प्रदान गर्दै थप सम्पर्कमा रहन सहज बनाएको छ, यसले नयाँ वर्षका हरेक दिन खुसियालीले भरिपूर्ण बनाउन मद्दत गर्ने विश्वास लिएका छौं,' एनसेलका कर्पोरेट संवादविज्ञ मिलन शर्माले भने।
प्रकाशित: ४ वैशाख २०७२ २१:३९ शुक्रबार





