सामसङ अहिलेको स्थितिमा पनि एक नम्बर ब्रान्ड हो। एस सिक्सको सार्वजनिकसँगै थप बजार हिस्सा बढ्छ। यसले उपभोक्तालाई झन आकर्षण गर्छ। अरु एस सिरिजले जुन तरिकाले सफलता पाएको छ यसले त्यो भन्दा राम्रो सफलता लिन्छ भन्ने अपेक्षा हामीले गरेका छौं।
पहिला सामसङको प्रतिस्पर्धा थिएन तर अहिले नेपालमा आइफोनको पनि उपस्थिति छ यसले कस्तो प्रभाव पार्छ जस्तो लाग्छ?
सामसङको ब्रान्डलाई अन्य कुनै ब्रान्डले पनि असर पार्दैन। एस सिक्सको विशेषता आइफोनको पछिल्लो संस्करणभन्दा उत्कृष्ट रहेकाले ग्राहकहरुले नै यसमा तुलना गर्नसक्नुहुन्छ। त्यसैले ब्रान्ड रोज्ने ग्राहकले सामसङ नै खोज्छन्। सामसङको प्रतिस्पर्धा सामसङसँग मात्र छ। सामसङ मोबाइलमा रहेको ‘स्टेट अफ द आर्ट' विशेषताले गर्दा नै हामी ग्लोबल मार्केटसँगै नेपाली बजारमा लिड गरिरहेका छौं।
एक्स सिक्सको बुकिङ कस्तो छ र बिक्री अघिल्ला संस्करणभन्दा कसरी बढ्ने अपेक्षा गर्नुभएको छ?
मोबाइल सार्वजनिक नहुँदै ३ सय ५० वटा बुकिङ भैसक्यो। जुन विगतको भन्दा धेरै राम्रो हो। ग्राहकहरुले एक्स सिक्सलाई कुरेर बसेको यसबाट पनि थाहा हुन्छ। यो एक्स फाइभभन्दा तीनचार गुणा बढि बिक्री हुन्छ भन्ने हाम्रो अपेक्षा छ। किनभने एक्स फाइभमा भएका विशेषतालाई थप गरी नयाँ विशेषता यसमा छन्। स्वभवतः नयाँ मोबाइल आएपछि नयाँ विशेषता नै हुन्छ नै। त्यसैले धेरै माग आएको पाइरहेका छौं। हामीलाई त माग पुराउन सक्दैनौ कि भन्ने डर लागेको छ।
यो सार्वजनिक भएपछि यसका लागि भनेर कुनै अफर वा स्किमहरु रहेका छन?
एक्स सिक्समा एनसेलसँग भ्वाइस र डाटामा बन्डलिङ गरेर हरेक महिना एक जिबी डाटा ६ महिनासम्म निःशुल्क रहने छ। त्यस्तै ६ महिनासम्म ३ सय मिनेट टक टाइम पनि निःशुल्क रहेको छ।
प्रकाशित: ३ वैशाख २०७२ २०:०३ बिहीबार





