२४ पुस २०८२ बिहीबार
image/svg+xml
प्रविधि

सामसङ ग्यालेक्सी ‘एस ६' र ‘एस ६ एज' बजारमा

काठमाडौं-सामसङको एस सिरिजमा अभ्यस्त भएकाहरुका लागि र यसको पहिलो अनुभव गर्नेहरु दुवैका लागि प्रतिक्षित ग्यालेक्सी ‘एस ६' र ‘एस ६ एज' नेपाली बजारमा भित्रिएको छ।

सामसङ नेपालले बिहीबार एक कार्यक्रम गरेर ग्यालेक्सी एस सिरिजको नयाँ संस्करणलाई नेपालमा सार्वजनिक गरेको हो। सामसङ नेपालका प्रमुख प्रणयरत्न स्थापित र सामसङ इलेक्ट्रोनिक्स कोरियाका उपाध्यक्ष युविएन वनले दुबै स्मार्टफोनको पहिलो झलक सार्वजनिक गरे।

Samsung 2
पहिलो पटक मेटल र ग्लासको मिश्रण सजावट रहेको एस ६ र एस ६ एजको नेपाली बजारमा ७७ हजार ९ सय र ९४ हजार ९ सय पर्ने कम्पनीले जनाएको छ।
मोबाइल सार्वजनिक गर्दै सामसङ इलेक्ट्रोनिक्सका उपाध्यक्ष वनले सामसङको टिमले नवीनत सोच राखेर भविष्यकै लागि लक्ष्य गरेर यी दुई उत्पादन तयार गरेको बताए। ‘यी नयाँ आविष्कारले नेपाली प्रयोगकर्तालाई नयाँ अनुभव दिन्छ,' उनले भने।
कम्पनीले अहिले ३२ जिबी आन्तरिक स्टोरेज भएका मोबाइल सार्वजनिक गरेको हो। दुवै स्मार्टफोन विभिन्न चार रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
सामसङ नेपालका प्रमुख स्थापितले एस ६ र एस ६ एज नयाँ डिजाइन, निर्माण र क्षमताले अरुभन्दा उत्कृष्ट रहेको बताए। ‘यसको बनावट र विशेषताले नेपाली प्रयोगकर्ताहरुको मन सजिलै जित्छ,' उनले भने।

Galexy2
दुवै स्मार्टफोनमा एन्ड्रोइड ५.०.२ ललिपप अपरेटिङ सिस्टम रहेको छ। त्यस्तै ५.१ इन्चको क्वाड एचडी सुपर एमोलेड स्त्रि्कनमा मेटल कभर रहेको छ। २.१ जिगाहर्जको अक्टाकोर प्रोसेसर रहेको मोबाइलमा ११ थरी भिडियो फरम्याट सपोर्ट गर्छ। ३ जिबी र्या्म, ३२ जिबी आन्तरिक मेमोरी र २.० यूएफएस रहेको मोबाइलमा तारविहिन मोबाइल चार्ज गर्न मिल्ने विशेषता समेत रहेको छ। एस ६ एजमा रहेको घुमाउरो स्त्रि्कनका कारण छेउबाट पनि नोटिफिकेसन, भिडियो र फोटोहरु हेर्न सकिन्छ। मोबाइललाई घोप्टो पारेर राख्दा विभिन्न थिम कलरले कसको फोन आएको थाहा हुने र औलाको सेन्सरबाट म्यासेज पठाउन सकिने सुविधा छ।
१६ मेगापिक्सल प्रमुख र अगाडि ५ मेगापिक्सल क्यामेरा रहेको मोबाइलमा क्विक लञ्च फिचरका कारण होम बटन थिचेको ०.७ सेकेन्डमा क्यामेरा खुल्ने कम्पनीले जनाएको छ।
‘एस ६ मा २५५० एमएएच क्षमताको ब्याट्री छ भने एस ६ एजमा २६०० एमएएच क्षमताको ब्याट्री रहेको छ। स्मार्टफोन १० मिनेट चार्ज भएपछि  ४ घण्टासम्म चल्ने कम्पनीले दाबी गरेको छ।

प्रकाशित: ३ वैशाख २०७२ १९:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App