२६ पुस २०८२ शनिबार
image/svg+xml
प्रविधि

जियोनीको पातलो डुअल सिम फोन

काठमाडौं-स्मार्टफोन जियोनी इलाइफ एससेभेन नेपाली बजारमा भित्रिएको छ। कम्पनीले आइतबार एक समारोहमा आधिकारिक रुपमा नेपालका लागि जियोनी इलाइफ एससेभेन सार्वजनिक गरेको हो।

Pic

पूर्व सात मिस नेपालहरु रुबी राणा, उषा खड्गी, माल्भिका सुब्बा, प्रिती सिटौला, मलिना जोशी, सृष्टी श्रेष्ठ र ईशानी श्रेष्ठ एवं मिस नेपाल २०१५ का १९ प्रतियोगीहरु सहभागी भएको समारोहमा फोन सार्वजनिक गरिएको हो। सातै पूर्व मिस नेपालहरुलाई नयाँ जियोनी इलाइफ एस सेभेन दिएर सम्मान समेत गरियो। नेपालमा यो मोडलको फोन बोक्ने उनीहरु पहिलो सातजना भएको कम्पनीले जनाएको छ। उनीहरु बाहेक लक्कीड्रबाट छानिएका १५ अतिथिहरु र प्रथम १० ग्राहकहरुले पनि इलाइफ एस सेभन प्रयोग गरेको कम्पनीले जनाएको छ।
विमान बनाउने धातुले बनेको बडी भएको जियोनी इलाइफ एस सेभनको मोटाइ ५.५ मिलिमिटर छ भने ५.२ इन्चको एमालेड डिस्प्ले छ। बौद्धिक विशेषता भएका १३ र ८ एमपिका क्यामराहरु यसमा छन्  र एन्ड्रोइड ५.० ललिपपमा आधारित अमिगो ३.० अपरेटिङ सिस्टममा यो चल्छ।
यसमा १.७ गिगाहर्ज अक्टाकोर ६४ बिट प्रोसेसर छ र यो अहिले सम्मको सबभन्दा पातलो डुअल सिम फोन हो। यसमा २ जिबी र्याबम र १६ जिबी स्टोरेज छ। यसको २७५० एमएएच ब्याट्री र ऊर्जा बचाउने धेरै विशेषताहरुले अरु प्रतिस्पर्धीहरुभन्दा यसको ब्याट्री बढी टिक्ने कम्पनीले जनाएको छ। अल्मनियम र म्याग्नेसियम धातुहरुको मिश्रणबाट बनेको बडीको तल र माथि कोरिङ गोरिला ग्लासको कोटिङ गरिएकाले यो एकदम बलियो भएको दाबी कम्पनीले गरेको छ। मोबाइल उत्पादकहरुमध्ये अग्रणी रहेको जियोनी यो वर्षको मिस नेपाल प्रतियोगिताको सहआयोजक समेत हो।

प्रकाशित: १ वैशाख २०७२ २२:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App