यो अफरमा पहिलो १ एमबीको मात्र ३ रुपैयाँ लाग्नेछ। त्यसपछिको १ देखि २ एमबी सम्म डाटा प्रयोग गर्दा २ रुपैयाँ प्रतिएमबी लाग्नेछ भने तेस्रो एमबीबाट डाटाको मूल्य अझ घटेर मात्र १ रुपैयाँ प्रति एमबीमा आउनेछ। यी शुल्कहरु करबाहेक भएको एनसेलले जनाएको छ।
यो अफर दैनिक चक्रमा लागु हुने कम्पनीले जनाएको छ। डाटा प्रयोगको गणना २४ घण्टासम्म जारी रहने र हरेक २४ घण्टा पश्चात नयाँ गणना सुरु हुनेछ। अफर वैश्ााख ३१ गतेसम्म लागु हुनेछ।
‘आफ्ना ग्राहकलाई सुलभ दरमा उत्कृष्ट डाटाको अनुभव गराउने प्रतिबद्धता अनुरुप नयाँ वर्षको सुखद उपलक्ष्यमा यो योजना ल्याउन पाउँदा हामी निकै खुसी छौं,' एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने।
एनसेलले ग्राहकलाई सुलभ दरमा डाटा उपलब्ध गराउन विभिन्न भल्युममा दैनिक, साप्ताहिक तथा मासिक प्याक प्रदान गर्दै आएको छ। प्याक लिई प्रयोग गर्दा ग्राहकले ३० पैसा प्रति एमबी सम्मको दरमा डाटा प्रयोग गर्न सक्छन्।
कतिपय ग्राहकले भने प्याक बिना नै डाटा चलाउन रुचाउने हुनाले, उनीहरुको सुलभताका लागि पे एज यु गो शुल्क ५० प्रतिशतले घटाएका थियो। ‘त्यसमा पनि थप छुट प्रदान गर्ने यो अफरले हाम्रा प्रिपेड ग्राहकलाई थप लाभ पुर्यााउँदै उनीहरुको डेटामा पहुँच बढाउने विश्वास लिएका छौं,' शर्माले भने।
प्रकाशित: ३० चैत्र २०७१ २३:०७ सोमबार





