यी दुईसँगै एनसेलको थि्रजी सेवा अब ६२ जिल्लामा पुगेको छ। ‘थप केही जिल्लामा विस्तार गर्ने काम सुरु भइसकेकेा छ,' उनले भने, ‘ग्राहकलाई गुणस्तरीय भ्वाइस तथा डेटा प्रदान गर्ने प्रतिबद्धता अनुसार नै सेवा विस्तार भएको हो।'
थि्रजीले डेटा प्रयोगलाई सहज बनाउँदै ग्राहकलाई आफन्तसँग च्याट, भिडियो च्याट गर्न, सामाजिक सञ्जालमा फोटो/भिडियो सेयर गर्न, संसारभरका समाचार अपडेट गर्न, विभिन्न विषयमा जानकारी तथा ज्ञान हासिल गर्न सहज बनाउन मद्धत गर्छ।
डेटाको बढ्दो माग तथा यसको उपयोगिता र समाजमा पुर्यावउने योगदानका कारण संसारभरका कम्पनी डेटामा केन्द्रित हुँदै आएका छन्। नेपालमा पनि कम्पनी डेटामा केन्द्रित हुँदै गएका छन्।
सबै जिल्लामा भ्वाइस सेवा प्रदान गर्दै आएको एनसेलले पछिल्लो समय थि्रजी विस्तारमा विशेष काम गरिरहेको छ। सहरी तथा सहरोन्मुख क्षेत्रमा पहिलेदेखि नै थि्रजी सेवा पुर्याकएकोमा पछिल्लो समय ग्रामीण भेग तथा दुर्गम जिल्लामा समेत सेवा विस्तार गरेको हो।
२०१० मै सर्वोच्च शिखर सगरमाथा आधारशिविरको ५ हजार २ सय मिटर उचाइमा थि्रजी स्टेसन सञ्चालन गरेर संसारकै अग्लो स्थानमा थि्रजी स्टेशन रहेको कम्पनीका रुपमा दरिएको एनसेलले दैलेख, रुकुम, रोल्पा, सल्यान, रसुवालगायत जिल्लामा पनि थि्रजी सञ्चालन गरिरहेको छ।
थि्रजीविस्तारसँगै डेटामा ग्राहक पहुँच बढाउन कम्पनीले डेटाको मूल्य पनि कम गर्दै लगेको छ। प्रयोग भोल्युमका आधारमा शुल्क लिने एनसेलले ग्राहकलाई आफ्ना आवश्यकता पहिचान गरी त्यसैअनुसार प्याक खरिद गर्ने विकल्प दिएको छ।
यसअन्तर्गत १० जिबी को प्याक प्रयोग गर्ने ग्राहकले करिब ३० पैसा प्रतिएमबी (करबाहेक) को दरमा डेटा उपभोग गर्न सक्छन्। प्याक खरिद नगरी डेटा प्रयोग गर्दाको दर प्रतिएमबी करबाहेक ३ रुपैयाँ लाग्ने भए पनि ग्राहकले सुपरनेट भन्ने योजना निःशुल्क एक्टिभेट गरे १ प्रतिएमबीसम्म डेटा प्रयोग गर्न सक्छन्। यससँगै कम्पनीले ग्राहकका लागि विकिपिडिया, विश्वकै सबैभन्दा ठूलो अनलाइन पुस्तकालय तथा टि्वटर निःशुल्क प्रयोग गर्न सक्ने सुविधा प्रदान गर्दै आएको छ।
प्रकाशित: २७ चैत्र २०७१ ००:५४ शुक्रबार





