२७ पुस २०८२ आइतबार
image/svg+xml
प्रविधि

सिटिसी मोबाइल एक्स्पोमा छुटैछुट

काठमाडौं-सुन्धाराको सिटिसी मलमा रहेको सिटिसी मोबाइल बजारले आयोजना गरेको सामसङ ग्यालेक्सी जे१ सिटिसी मोबाइल एक्स्पोमा विभिन्न मोबाइल कम्पनीले भारी छुटको योजना ल्याएका छन्।मेलाको तयारी पूरा गरेसँगै उक्त मेलामा रेज मोबाइलले आफ्ना २२ वटा मोडलको कारोबार गर्दै प्रत्येकको खरिदमा एउटा ल्यापटप ब्याग, फोनको मोडलअनुसार ४, ८ र १६ जिबीको मेमोरी कार्ड वितरण गर्ने भएको छ। मोबाइल एक्स्पोभरी रेज मोबाइलले ८ देखि ४० प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ। मेला अवधिमा रेजले मेलोडी नामक नयाँ मोडल सार्वजनिक गर्ने जनाएको छ।
 
त्यसैगरी माइक्रोम्याक्स मोबाइलले एक्स्पोमा क्रिकेट प्रतिस्पर्धा गराउँदै विभिन्न उपहार, लक्की ड्र, क्रिकेट बल, ब्याग, फ्रिमेकअप सहित चार नयाँ मोडल सार्वजनिक गर्ने जनाएको छ। पानासोनिक, कार्बन, सामसङ र जियोनी मोबाइलले मेला अवधिमा सर्प्राइज अफर प्याकेज ल्याउने जनाएका छन्। मेलामा सामसङ एस६ बुकिङ गरिने छ। सेल्कन मोबाइलले क्यु५ र क्यु४५५ मोडल खरिदमा सेल्फी स्टिक प्रदान गर्ने जनाएको छ।

यस्तै बर्ड मोबाइलले प्रत्येक मोबाइल खरिदमा टिसर्ट प्रदान गर्ने जानकारी दिएको छ भने मोबाइल खरिदसँगै लक्की ड्रमा समावेश गरिने र त्यसमा एलइडी टिभी, ल्यापटप र मोबाइल वितरण गरिने जनाएको छ। त्यस्तै किन्जिन्डा मोबाइलले पहिलो पटक सिटिसी मोबाइल बजारमा रिस्ट वाच मोबाइल डब्लु३ सार्वजनिक गरी ४ हजार ३ सयमा उपलब्ध गराउँदै एउटा ब्लुटुथ निःशुल्क दिने भएको छ।
त्यस्तै कलर्स मोबाइलले आफ्ना ६ मोडल के१५, एक्स११८, एक्स१३५, एक्स११३ प्लस, एक्स११४ र के२० खरिदमा ५ सय रुपैयाँदेखि १ लाख रुपैयाँसम्म स्क्र्याच कुपनमार्फत मोबाइल खरिद गर्नेलाई पक्का पर्ने जनाएको छ। यो बाहेक अन्य मोडलमा १ सय देखि १ लाखसम्म पर्ने जनाएको छ।

प्रकाशित: २७ चैत्र २०७१ ००:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App