२ माघ २०८२ शुक्रबार
image/svg+xml
प्रविधि

सामसुङको अल्ट्रासाउन्ड बजारमा

काठमाडौं– सामसुङ इलेक्ट्रोनिक्सले डब्लुएस ८० ए मोडलको ५ डी सीएनएस प्रविधियुक्त प्रिमियम अल्ट्रासाउन्ड नेपाली बजारमा ल्याएको छ। कम्पनीका अनुसार स्टाइलिस सामसुङ डिजाइन र नवीन फिचर्स भएको यो अल्ट्रासाउन्ड एमपीआइ र इलास्टोस्क्यान जस्ता प्रविधिले उत्कृष्ट तस्बिर देखाउँछ।यो मोडलको यो अल्ट्रासाउन्डले महिलाको स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थप्ने कम्पनीको विश्वास छ। यसको २१.५ इन्चको एलइडी स्त्रि्कनमा रहेको यो मोडलमा १०.१ इन्चको टचस्त्रि्कन छ। यसका कारण निकै सहजताका साथ दृष्य देखाउन सकिनेछ। यसका अन्य नवीनतम विशेषताले शरीर विज्ञानको थ्री डी टिभीको लागि दृष्य देखाउन सक्छ।
अल्ट्रासाउन्ड बजारमा ल्याएको अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा चिकित्सा व्यापार, सामसुङ इन्डियाका दिनेश लोधाले भने, ‘सामसुङ आइटी टेक्नोलोजीको यो पहिलो उपकरण हो र यसमा पछिल्ला सम्पूर्ण प्रविधि जडान गरिएको छ।' उनले  सामसुङको आगामी योजनाको पनि जानकारी दिँदै भने, ‘डायगनोसिस सहज र सुलभ बनाउन चिकित्सा उपकरण उत्पादन गर्न कम्पनी अग्रसर छ।'
कार्यक्रममा सार्क हेल्थकेयरका प्रमुख डा एस. इम्तियाज अलिले यो ५ डी सीएनएस अल्ट्रासाउन्डले मुट र हाडका विभिन्न नापमा मेडिकल इतिहासमै सबैभन्दा छोटो समयमा काम गर्नसक्ने बताए। कम्पनीका अनुसार छिटो र सटिक डायगनोसिस गर्न सक्षम यो उपकरणले विशेषगरी महिला स्वास्थ्यको क्षेत्रमा ठूलो फड्को मार्नेछ।

प्रकाशित: २० चैत्र २०७१ २०:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App