काठमाडौं— नेपालको लोकप्रिय तोयानाथ पञ्चाङ्गको इन्ड्रोइड एप सार्वजनिक भएको छ। स्मार्टफोन प्रयोगकर्तालाई लक्ष्यित गर्दै पञ्चाङ्गलाई इन्ड्रोइडमा उपस्थिति जनाएको हो।
प्ले स्टोरमा उपलब्ध तोयानाथ पञ्चाङ्गमा दैनिक नेपाली पात्रो, मासिक एवं वार्षिक राशिफल, सपनाको फल, विभिन्न अवसरमा उच्चारण गरिने मन्त्र, घर एवं कार्यालयमा उपयोग गर्न सकिने वास्तुशास्त्र, मिति परिवर्तन सुविधा छन्।
एपलाई गुर्खा टेक्नोलोजीले विकास गरेको हो। तोयानाथ पञ्चाङ्ग आइओएसमा पनि छिटै उपलब्ध हुने जनाइएको छ।
प्रकाशित: २० चैत्र २०७१ ०५:२३ शुक्रबार





