२ माघ २०८२ शुक्रबार
image/svg+xml
प्रविधि

माइक्रोम्याक्सका नयाँ मोबाइल

काठमाडौं– मोबाइल कम्पनी माइक्रोम्याक्सले तीन वटा नयाँ मोबाइल माइक्रोम्याक्स बोल्ट ए ०६९, माइक्रोम्याक्स क्यानभास ट्याब पी ४७० र माइक्रोम्याक्स एक्स ०९० मोबाइल फोन बजारमा ल्याएको जनाएको छ।बोल्ट ए०६९ मोबाइल फोनमा २१ वटा विभिन्न भाषाहरु भरिएका छन्। यसबाट ग्राहकले आफूलाई मन लागेको भाषामा मेसेज पठाउन सक्ने कम्पनीले जनाएको छ। यस मोबाइलमा ५ मेगापिक्सलको क्यामरा रहेको छ। 
ट्याब पी ४७० मा ७ इन्चको स्त्रि्कन यस ट्याब्लेटमा एक जिबीको र्याोम र ८ जिबीको रोम पनि रहेको छ। यसमा भएको ८ जिबी इन्टरनेल मेमोरीलाई ३२ जिबीसम्म बढाउन सकिन्छ। 
एक्स०९० मा भएको म्युजिक प्लेयर र एफएमका साथ भिडियो प्लेयर र कल रेकर्डर रहेको छ। यसका साथै यी सबै मोबाइल उपकरणहरुमा दुई सिम लाग्नेको सुविधा रहेको कम्पनीले जनाएको छ। बोल्ट ए०६९, क्यानभास ट्याब पी ४७० र एक्स०९० मोबाइल क्रमशः ९ हजार ३ सय १७, १३ हजार १५ र १६ हजार ५० मा उपलब्ध छन्।

प्रकाशित: २५ माघ २०७१ ००:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App