२ माघ २०८२ शुक्रबार
image/svg+xml
प्रविधि

कार्बनका ७ नयाँ मोबाइल

काठमाडौं– कार्बन मोबाइलको आधिकारिक बिक्रेता एलाइड ट्रेड लिंक इन्टरनेसनलले नयाँ ७ मोबाइल बजारमा ल्याएको छ।टिटानियम एक१२ डेलाइट, टिटानियम एस ५ अल्ट्रा, कार्बन के १०५ एस, इलेगेन्स ३ र १, द लिजेन्ड र के ७२५ मोडलका मोबाइल बजारमा ल्याएको विज्ञप्तिमा जनाएको छ। 
टिटानियम एक१२ डेलाइट र टिटानियम एस ५ अल्ट्रा स्मार्ट फोन हुन। टिटानियम एक १२ डेलाइटको मूल्य ८ हजार १ सय ५९ र टिटानियम एस ५ अल्ट्राको १२ हजार ७ सय ४९ रुपैया रहेको जनाइएको छ। 
कार्बन के, इलेगेन्स ३ र १, द लिजेन्ड र के ७२५ मोडलका मोबाइलको मूल्य क्रमशः १ हजार ४ सय ७९, २ हजार १ सय १९, २ हजार ३ सय २९, २ हजार ६ सय ९ र २ हजार ८ सय १९ रुपैया रहेको विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित: २२ माघ २०७१ २२:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App