२ माघ २०८२ शुक्रबार
image/svg+xml
प्रविधि

‘क्यान इन्फोटेक उत्कृष्ट मञ्च'

सुबिसु लगातार दोस्रो वर्ष क्यान इन्फोटेकको टाइटल स्पोन्सर बनेको छ। यसबारे तपाईंको अनुभव के छ?
स्वदेशी सूचना तथा सञ्चार प्रविधि उद्योगको वृहत प्रदर्शनीका रूपमा कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघले वर्षैपिच्छे इन्फोटेक आयोजना गर्दै आएको छ। यो एकमात्र यस्तो प्रदर्शनी हो जसले सर्वसाधारणलाई सूचना प्रविधिसम्बन्धी पछिल्ला नविनतम प्रविधिबारे अद्यावधिक गरिरहेको छ। त्यसैगरी मुलुकको सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सम्भावना र चुनौतीबारे पनि सर्वसाधारणलाई वर्षैपिच्छे सचेत गराउँदै आएको छ। त्यसकारण यो वर्ष पनि इन्फोटेकसँग सहकार्य गर्न पाउँदा खुसी लागेको छ। इन्फोटेकसँग जोडिँदा एकातिर हामीलाई हाम्रो उत्पादन र सेवालाई ब्रान्डिङ गर्ने अवसर मिलेको छ भने अर्कोतिर आयोजकलाई प्रदर्शनी सफल पार्न पनि सहयोग पुग्ने छ।
तपाईंको जस्तो निजी क्षेत्रको सूचना प्रविधि कम्पनीका लागि यस्तो प्रदर्शनीको महत्व कस्तो हुन्छ?
कुनै पनि मुलुकको सूचना तथा सञ्चार प्रविधि उद्योगलाई आकार दिन सूचना प्रविधिसम्बन्धी यस्तो इन्फोटेकले महत्वपूर्ण भूमिका खेल्छ। ठूलो समूहमा आफ्ना उत्पादन र सेवाको ब्रान्डिङ गर्न एउटा मञ्च प्राप्त गर्नुबाहेक यस्तो प्रदर्शनीले सरोकारवालाका बीच सूचना तथा सञ्चार प्रविधि उद्योगको समग्र विकासबारे स्वस्थ छलफल पनि गराउन मद्दत गर्छ। यो प्रदर्शनी महत्वपूर्ण छ किनभने यसले कम्तिमा वर्षको एकपटक सबै सरोकारवालालाई एक ठाउँमा भेट गराउँछ जसबाट एकअर्काको समस्याबारे छलफल गर्न सहयोग पुगिरहेको छ। सूचना प्रविधि कम्पनीका लागि इन्फोटेक एउटा राम्रो मञ्च हो भने यो क्षेत्रको समस्या र माग सरकारसम्म पुर्याकउन क्यान महासंघ उत्कृष्ट माध्यम हो।
प्रत्येक वर्ष विभिन्न स्किम र अफरका कारण सुबिसुले अवलोकनकर्तालाई आकर्षित गनर्ेे गरेको छ। यो वर्ष सुबिसुको स्टलमा ग्राहकले कस्ता नयाँ उत्पादन र स्किम पाउन सक्छन्?
अवश्य पाउन सक्छन्। यसपालि पनि हामी केही अफरका साथ नयाँ सेवा र उत्पादन सार्वजनिक गर्ने छौं। यद्यपि, प्रतिस्पर्धी बजारका कारण हाम्रा नयाँ सेवा र उत्पादनबारे भने हामी इन्फोटेक सुरुवातको पहिलो दिन त्यहीँ घोषणा गर्ने छौं।

प्रकाशित: १४ माघ २०७१ ००:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App