द वर्ल्डभिजन प्रालिका अध्यक्ष संगम राईले मोबाइल उपभोक्तालाई सजिलोका लागि एउटै छानामुनी विभिन्न कम्पनीका ब्रान्डहरु राखेर सेवा दिएको बताए। सोरुम शुभारम्भको दिनबाट नै मोबाइल एक्सचेन्ज, बिशेष छुट सहित मोबाइल सेटहरु बिक्री गर्न लागेका छौं, उनले भने
मल्टिब्राण्ड सोरुममा आइफोन, सामसुङ, कार्बन, कलर्स, पानासोनिक, बिक्यू, माइक्रोम्याक्स, हुवावे, जियोनी, अल्काटेल, एलजी, जोलो, लाभा, सोनी, माइक्रोसफ्ट, नोकिया लगायत दुइदर्जन बढी ब्राण्डका मोबाइल तथा स्मार्टफोनहरु उपलब्ध हुनेे कम्पनीले जनाएको छ। मोबाइलका अलवा सोरुमबाट बिभिन्न कम्पनीका क्यामेरा, ल्यापटप, सिसिटिभी, साउण्ड सिस्टम, राउटर, आइप्याडलगायतका विद्युतिय सामग्रीहरु पनि बिक्रि हुने कम्पनीले जानकारी दिएको छ। त्यस्तै सोरुमबाट केयर सुबिधा,वाइफाइ लगायत एक्सचेन्जको सुबिधादिने ब्यबस्था मिलाएको छ।
६० मिनेट केयर सर्भिस, एक्सचेन्ज अफर, हात खाली नजाने उपहार, सोनी इरिक्सन केयर सेन्टर खोलेर ग्राहकहरुलाई सुबिधा प्रदान गर्दै आइरहेको सिटिभी मोबाइलले चाबहिलको केएल टावरमा लिंक इलोक्ट्रोनिक्स, ताम्राकार कम्प्लेक्समा टप फाइब मोबाइल, ताम्राकार कम्प्लेक्समै सिटि टप भिजन र किर्तीपुरमा सिटिभी मोबाइलको आउटलेट खोलीसकेको छ।
प्रकाशित: ११ माघ २०७१ २२:३२ आइतबार





