५ माघ २०८२ सोमबार
image/svg+xml
प्रविधि

सामसुङको पातलो स्मार्टफोन

कोरियन मोबाइल कम्पनी सामसुङले आफ्नो पछिल्लो उत्पादन ‘ग्यालेक्सी ए सेभेन' बजारमा ल्याउने भएको छ। यही मार्चमा आउने भनिएको यो स्मार्टफोन अहिलेसम्मै सबैभन्दा पातलो भएको सामसुङले दाबी गरेको छ। यसको मोटाइ ६.३ मिलिमिटरमात्र छ।मेटालिक डिजाइनमा बनाइएको यो स्मार्टफोन ग्यालेक्सी ए सिरिजको पछिल्लो उत्पादन हो। यसले प्रयोगकर्तालाई उच्च स्तरको अनुभव प्रदान गर्ने सामसुङले दाबी गरेको छ। मल्टिकोर प्रोसेसरयुक्त यो स्मार्टफोनमा २ जीबी र्यापम र १६ जीबी आन्तरिक मेमोरी रहेको छ। 

५.५ इन्च डिस्प्ले भएको यो स्मार्टफोनको अगाडि ५ मेगापिक्सेल र पछाडि १३ मेगापिक्सेल क्यामेरा रहेका छन्। यसमा अल्ट्रावाइड सट तथा अटो सेल्फी मोडजस्ता एड्भान्स्ड सेल्फी फिचर्ससमेत छन्। 

एन्ड्रोइड किटक्याट अपरेटिङ सिस्टम रहेको ग्यालेक्सी ए सेभेन सेतो, कालो र सुनौलो रङमा उपलब्ध हुनेछ। ग्यालेक्सी ए सेभेनको मूल्य कति पर्छ भन्ने खुलासा गरिएको छैन।

प्रकाशित: १० माघ २०७१ ०६:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App