४ माघ २०८२ आइतबार
image/svg+xml
प्रविधि

फेसबुक एक दिनका लागि बन्द हुनसक्ने!

नेपालमा सबैभन्दा बढी हेरिने समाजिक सञ्जाल फेसबुक एक दिनका लागि बन्द हुनसक्ने अनुमान गरिएको छ। फेसबुकले आफ्नो डाटा नीति, कुकिज पोलिसी र विभिन्न शर्तहरू अपडेट गर्ने भएकाले फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई २४ घण्टाका लागि फेसबुक बन्द गर्न सुझाव दिइएको एजेन्सीहरूले जनाएका छन्।२०१५ को सुरुवातसँगै फेसबुकले आफ्ना प्रयोगकर्तालाई नोटिफिकेसनमार्फत धेरै कुरा परिवर्तन हुने जानकारी दिएको थियो। यसैका आधारमा फेसबुक प्रयोगकर्ताले धेरै सुझावसमेत पठाइरहेका छन्। प्रयोगकर्तालाई ध्यानमा राख्दै फेसबुकले आफ्नो डाटा/नीति र शर्तहरू अपडेट गर्दैछ। जसले प्रयोगकर्तालाई भने सहज हुने अनुमान गरिएको छ। तर, मार्क जुकरबर्गले फेसबुक बन्द गर्ने भन्नेबारे कुनै औपचारिक घोषणा गरेका छैनन्।

प्रकाशित: १० माघ २०७१ ०६:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App