अहिलेसम्म जेडटिईको प्रविधिमा आधारित रहेको मोबाइल अब हुवावेको प्रविधिबाट चल्ने टेलिकम पोखराका प्रमुख प्रकाशमान प्रधानले बताए। ‘यो नयाँ प्रविधि हो। यसबाट तीव्र गतिमा मोवाइल इन्टरनेट चल्नेछ,' उनले भने।
प्रधानका अनुसार यो प्रविधिबाट अहिलेसम्म काठमाडौंसहित हेटौडा, भद्रपुर, इलाम बनेपालगायतका सहरमा मोबाइल इन्टरनेट सेवा चलिसकेको छ। गण्डकी अञ्चलमा पहिलोपटक यो सेवा दिन थालेको उनले बताए। हुवावेको प्रविधिबाट चल्ने इन्टरनेटको गति ७.२ एमबिपिएस (मेगाबिट्स प्रतिसेकेन्ड) हुनेछ। यसअघि जेडटिइै प्रविधिमा पनि यही नै गतिमा इन्टरनेट चल्दै आएको थियो। तर उपभोक्ताले सुस्त भन्दै गुनासो गर्दै आएका थिए। पोखरापछि टेलिकमले आसपासका तनहुँ, गोरखा, लमजुङ, स्याङ्जामा पनि यो सेवा पुर्या उनेछ।
निजी क्षेत्रले टेलिकमको सिम/रिम बिक्री गर्न थालेसँगै यो प्रविधि विस्तार हुँदा ग्राहक सेवा र व्यापार प्रवर्द्धन प्रभावकारी बन्दै जाने टेलिकम पोखराका बिक्री प्रमुख राजेश रेग्मीले बताए। हुवावेले नेटवर्क विस्तारका लागि टेलिकमको एक करोड लाइन जिएसएम मोबाइलको टेन्डर पाएको उनले बताए। हुवावेले अहिले टेलिकमको देशव्यापी नेटवर्क व्यवस्थापन गरिरहेको छ।
प्रकाशित: २५ असार २०७१ २३:०६ बुधबार




-600x400.jpg)
