२ पुस २०८२ बुधबार
image/svg+xml
प्रविधि

ओबामाका फेसबुक-ट्विटर ह्याकरको निसानामा

न्युयोर्क— द न्युयोर्क टाइम्स र सिएनन सहित अमेरिकी मिडियाका वेबसाइट ह्याक गरिसकेको सिरियल इलेक्ट्रोनिक आर्मी (एसइए) ले राष्ट्रपति बारक ओबामाका आधिकारिक फेसबुक र ट्विटर अकाउन्टलाई निसाना बनाएको छ। ह्याकरहरुले ओबामाको ट्विटर ह्यान्डल @BarrackObama मा निरन्तर ट्विट्स पठाएका थिए। यसैगरी उनको फेसबुक फ्यान पेजमा एसइएको युट्युब लिङ्क सहित म्यासेज पठाइएको थियो।ह्याकर आक्रमणका कारण ओबामाको ट्विटर ह्यान्डल @BarrackObama केही समयको लागि सस्पेन्ड गरिएको छ।

यसअघि सिरियन इलेक्ट्रोनिक्स आर्मीले प्रतिष्ठित अमेरिकी मिडियाहरु वासिङ्टन पोष्ट, सिएनन र टाइमको वेबसाइट ह्याक्ड गरेको थियो। अमेरिकी वेब सुरक्षाका लागि टाउको दुःखाइको विषय बनेको ह्याकरहरुको यो समूह सिरियाली राष्ट्रपति बसर अल असद मसर्थित रहेको चर्चा छ। तर अनलाइन सुरक्षा कम्पनी केन बेष्टनले एसइएको आइपी ठेगाना रसिया रहेको दाबी गर्दै आएको छ।

प्रकाशित: ११ कार्तिक २०७० २२:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App