सोल–एप्पलले आफ्नो नयाँ आइफोन ५ एस गोल्डेन लुक र डिजाइनको साथ लन्च गरेको थियो। एप्पलले गोल्डेन आइफोन ल्याएसँगै कस्सिएको सामसङले प्रतिस्पर्धी एप्पललाई पछि पार्न खोज्दैछ। सामसङले पनि आफ्ना प्रयोगकर्ताको लागि गोल्डेन फोन ल्यायो। सामसङ ग्यालेक्सी गोल्डेन कोरियामा अगस्टमा लन्च भएको थियो। सामसङले यो फोनलाई भारतमा लन्च गरेर आइफोनलाई च्यालेन्ज दिन खोजेको छ।उसले छिट्टै नै यो फोन दक्षिण एसियालाई केन्द्र बनाउँदै भारतमा लन्च गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ। सामसङ ग्यालेक्सी गोल्डेन नाम गरेको यो स्मार्टफोन फ्लिप डिजाइनमा तयार गरेको छ।
यसमा ३.७ इन्चको एक फ्रन्ट डिस्प्ले र अर्को इनसाइड डिस्प्ले हुनेछ। ग्यालेक्सी गोल्डेनमा १.७ गीगाहर्जको डुअल कोर प्रोसेसर छ। यसको अलवा यसले एन्ड्रोएड ४.२ जेली बीन ओएस अपरेटिङ सिस्टम रहेको छ। यसमा ८ मेगापिक्सलको क्यामेरा र भिडियो कलिङको लागि १.९ मेगापिक्सलको सेकेन्डरी क्यमेरा राखिएको छ। सामसङको यो स्मार्टफोनमा १८२० एमएएचको ब्याट्री राखिएको छ। फोन टच र टाइप दुवै तरिकाबाट प्रयोग गर्न सकिन्छ।
प्रकाशित: ११ कार्तिक २०७० ०५:१५ सोमबार