२३ पुस २०८२ बुधबार
image/svg+xml
प्रविधि

सोनीको थ्री इन वन हेडफोन

नयाँ दिल्ली–सोनीले एड्भान्स फिचर्स सहित तीन नयाँ हेडफोन लन्च गरेको छ। जस मध्ये एक हेडफोनको प्रयोग तीन कामको लागी गर्न सकिन्छ। अर्थात सोनीले थ्री इन वन हेडफोन ल्याएको छ। म्युजिकका सौखिनका लागि सोनीको यो नयाँ हेडफोन निकै उपयोगी छ। यो हेडफोनको प्रयोग स्मार्टफोन, ट्याब्लेट, फैवलेटमा प्रयोग गर्न सकिन्छ।सोनीले यी हेडफोनको एमडीआर १, एमडीआर–१० आर एनडब्ल्यूजेड–डब्ल्यूएच ३०३ को भारतमा लन्च गरेको हो। पछिल्लो पटक सोनी, सामसुङ लगायतका स्मार्ट फोन कम्पनीहरुले भारतलाई केन्द्र बनाउन थालेका छन्, यसैको पछिल्लो उदाहरण सोनी हो। एमडीआर १ र एमडीआर–१० आरको मुल्य २४ हजार पर्ने छ। एमडीआर १ हेडफोनमा एडभान्स फिचर्स जस्तै बीट रेस्पोन्स कन्ट्रोल, डिजिटल नोइज कन्ट्रोल, डिजिटल इकोलाइजर र इम्प्लीफायर राखिएको छ।

एमडीआ–१० आरको कम्पनीले डिजिटल ब्लुटुथ हेडफोनको रुपमा लन्च गरेको छ। एनडब्ल्यूजेड–डब्ल्यूएच३०३ लाई थ्री इन वन हेडफोनको रुपमा प्रयोग गर्न सकिन्छ। यसको तीन अलग अलग मोड म्यूजिक प्लेयर, स्पीकर र हेडफोनको रुपमा प्रयोग गर्न सकिन्छ। कम्पनीले एनडब्ल्यूजेड–डब्ल्यूएच ३०३को मूल्य १४५०० तोकेको छ।

प्रकाशित: १० कार्तिक २०७० ०१:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App