जापानमा बनेको स्मार्टफोनबाट चल्ने यो शौचालयको मूल्य ५ हजार ६८६ डलर रहेको बताइएको छ। यसमा अटोमेटिक फ्लसिङ सिस्टमको सुविधा रहेको छ। यसले संगीत र सुगन्ध पनि निकाल्छ। यसलाई 'माई साटिक' नामको एन्ड्रोइड एपको माध्यमबाट नियन्त्रण गर्न सकिन्छ। एपमार्फत् मानिसले आफ्नो पेटसँग सम्बन्धित गतिविधिको रेकर्ड पनि राख्न सक्छ। अनुसन्धानकर्ताहरुले माई सटिक एपमार्फत चल्ने कुनै पनि फोनले शौचालय संचालन गर्न सक्ने बताएका छन्।
यो सुविधा सम्पन्न शौचालयले निर्देशन लिनको लागी ब्लूटुथको सहायता लिन्छ। एक पटक फोन र शौचालयको पिन सेट गरेपछि यसमा अर्को पटक पिन सेट गर्न नसकिने बनाइएको छ। कुनै पनि फोनमा जसमा माई सटिक एप रहेको हुन्छ उसको माध्यमबाट शौचालय चलाउन सकिन्छ। कसैले शौचालयमा हमला गर्न चाहेमा माई सटिक एप डाउनलोड गरेर क्षति पुर्याउन सक्छ।
उसले पटक पटक शौचालयको फल्स गरिदिनसक्छ, शौचालयको सिट खोल्ने र बन्द गरिदिन सक्छ। ब्लूटुथको रेन्ज कम हुने हुँदा हमला गर्ने मानिस शौचालयकै वरिपरि रहनु पर्ने सुरक्षा विशेषज्ञ ग्राम क्लूले बताएका छन्। हमला गर्नेले यो एपको माध्यमबाट शौचालयमा भुत नै पो छ कि जस्तो गराउन सक्छ। शौचालय आफै बन्द हुने, तातो हावा आफै निस्कने गर्छ, यसलाई ग्रामले साइबर क्राइमकै रुपमा लिएका छन्।
प्रकाशित: २५ श्रावण २०७० ०२:५६ शुक्रबार





