काठमाडौ- नयाँ नयाँ मोवाइल एप बनाउने क्रम तीब्र रुपमा बढ्दै गइरहेको छ। यही क्रममा केही यस्ता एप पनि बनेका छन् जसले मानव स्वास्थ्यको ख्याल राख्ने दावा गरिएको छ। यस्ता केही एप जसले तपाइँको दौडधुपपूर्ण जिन्दगीको ख्याल राख्ने छन् भने स्वास्थ्यलाई दुरुस्त राख्नको लागि सुझाव पनि दिने छन्।रनकिपर

जीपीएस ट्रयाक रन वाक नामको यो एप डाउनलोड गरेपछि तपाइँको स्मार्टफोन फिटनेस ट्रेनर बन्ने छ। यसले घुम्ने, साइकल चलाउने, पैदल यात्रा वा बाइक चलाउने समयको गति र आफूले पार गरेको दुरी, समय र त्यसको लागि खर्च भएको क्यालोरीपत्ता लगाउन सक्नेछ। यो एपले मानिसको हृदयको गति माथि पनि ध्यान राख्ने दावी यसका निर्माताको छ। आफ्ना पछिल्ला गतिविधि र तथ्यहरु त्यसको विश्लेषण पनि ग्राफमार्फत् जान्न सकिनेछ।
अकपेडो पिडोमिटर

यो यस्तो ग्याजेट हो जसले तपाइँका हरेक पाइला गन्ने गर्छ। यो एपको माध्यमबाट तपइँले आफ्नो हरेक पाइलाको र पार गरेको दुरीको बारेमा जानकारी हासिल गर्न सक्नु हुनेछ। तपाइँ रोकिएपछि यो एपले पनि गन्न छोड्नेछ। तर यो यसले कुनै कुनै फोनमा काम नगर्ने बताइएको छ। किन भने यसमा जी–सेन्सरको ब्यवस्था गरिएको छ। कुनै फोनले स्ट्याण्डबाइ मोडमा जी–सेन्सरलाई सर्पोट गर्दैनन्। अर्को कुरा अलि खुला पकेटमा तपाईले फोन राखेको खण्डमा पाइलाको गन्तीमा फरक पर्न सक्छ।
स्ट्रेवा साइक्लिङ

जीपीएस राइडिङले साइकल चलाउनेहरुको लागि मद्दत गर्नेछ। यसले साइकल चलाउने समयमा तपाईको क्षमता प्रदर्शन बारे मुल्याङकन गर्नेछ। यसले मुटुको धड्कन, गति र खर्च भएको क्यालोरीमो बारेमा पनि जानकारी राख्नेछ।
स्पोर्टस ट्रयाकर

यो एप दौडने, साइकल चलाउने, पर्वतारोहण, उडान भर्ने समयमा तपाइको मुटुको स्वास्थ्य बारे ख्याल राख्नछ। यसको मद्दतले मुटुको धड्कन, श्वासप्रश्वासको रफ्तार, शरीरको तापक्रम र आवाजमा आउने कम्पनको बारेमा जानकारी दिनेछ। साथै मौसमको जानकारी पनि दिनेछ।